दुधौरा खोला मसान घाटका लास जलाएका बाँकी दाउरा पुनः प्रयोगमा ल्याउन पहल

तराइ संचार
तराइ संचार 845 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बिदुर खडका
बारा । बाराको जीतपुरसिमरामा रहेको दुधौरा खोला मसान घाटका काठ दाउरा पुनः प्रयोगमा नल्याउदा खोला प्रदुषित बनेको छ । मसानघाटका प्रयोग भएका र हुन बाँकी काठ पुनः प्रयोगमा ल्याएर खोलानाला सफा राख्नुपर्ने भन्दै सिमरा औराहका जुन तारा युवा समुहले अभियाननै शुरु गरेको छ । दुधौरा नदि घाटको सरसफाई गरी घाटमा लास जलाएर बाँकी रहेको दाउराहरुले नदी दुर्गन्धित बनेपछि सरसफाई अभियान चलाएको हो ।
समाज परिवर्तनशिल भएपनि परंम्पराबादी सोचका कारण मानिसहरुले मसानघाटमा बाँकी रहेका काठलाई त्यतिकै फाल्ने गरेका कारण खोला दुर्गन्धित बनेपछि खोलामा रहेका बाँकी काठ दाउरा पुनः प्रयोग गर्नुपर्ने बैज्ञानिक सोचमा अग्रसरता जनाएका युवाहरुले माग गर्दै आएका छन ।
दुधौरा खोलामा लास जलाएर बाँकी रहेका दाउरा र काठहरुलाई अर्को लासको लागि उपयोग गर्ने उद्धेश्यले युवा समुहले खोलाको नजिक बाँकी दाउरा भण्डारन शुरु गरेका हुन ।
लास जलाएर बाँकी दाउरा अर्को लास लाई प्रयोग गर्नहुन्न भन्ने धार्मिक परंम्पराबादि सोचलाई बदल्नु पर्ने स्थानीय बिनोद सापकोटा बताउनु हुन्छ । प्रत्येक लास जलाउन एक ट्रेक्टर काठदाउरा निःशुल्का सामुदायिक र साझेदारी बनबाट पाउने भएपछि मसानघाटको बाँकी काठ प्रयोगमा आउन नसकेको हो ।

शेयर
प्रतिक्रिया
Skip to content