धनी उपमहानगरको बिद्यालयलाई लायन्सद्धारा पङखा बितरण

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको जीतपुरसिमरा १० अम्बाटारस्थित श्री नेपाल राष्ट्रिय आधारभुत सामुदायिक विद्यालयमा लायन्स क्लब अफ सिमराले १० थान पंखा निःशुल्क प्रदान गरेको छ । गर्मि याममा तातो छानामुनी बसेर पढ्न बाध्य सो बिद्यालयका विद्यार्थीहरुका लागि क्लबले पंखा सहयोग गरेको हो ।

क्लबका अध्यक्ष प्रेसीडेन्ट हंकल्पीत न्यौपानेले आज एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक सुधामा प्रसाद यादवलाई पंखा हस्तान्तरण गरेका हुन् । कक्षा पाँच सम्म पठनपाठन हुने सो बिद्यालयमा कुल तीन सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् । २०४४ सालमा स्थापना भएको विद्यालयमा हालसम्म पंखा जडान नहुँदा गर्मी याममा टिनको छानामुनी कष्ठपुर्ण रुपमा बिद्यार्थिहरु पठनपाठन गर्दै आएका थिए ।

तराईकै धनी उपमहानगरपालिकाको सामुदायिक बिद्यालयमा पङखा समेत नहुनु दुःखद भएको स्थानीयले बताएका छन् । तराईको चर्को घाममा विद्यार्थी तथा शिक्षकलाई समेत समस्या हुने गरेको भन्दै विद्यालयका प्रधानाध्यापक यादवले लायन्स कलब अफ सिमराले गरेको यो सहयोगले ठुलो राहत मिल्ने बताएका छन् ।

हालसम्म विद्युत समेत जडान नगरिएको उक्त विद्यालयमा पंखा वितरण गरेर मात्र छाड्दा समस्या समाधान नहुने भएपछी कलबले आफै बिधुत जडान समेत गरेको न्यौपानेले बताए । त्यसका लागि द्रुत रुपमा बिधुत जडान गर्न नेपाल विद्युत प्राधिकरण सिमराका प्रमुख रामु श्रेष्ठले सहजिकरण गरेका थिए । शनिवार समेत कार्यालय सञ्चालन गरि सहिकरण गरेको भन्दै न्यौपानेले कार्यालय प्रमुख श्रेष्ठप्रती विशेष आभार ब्यक्त गरे । पंखा वितरण तथा जडान कार्यक्रममा क्लबका कोषाध्यक्ष राजकुमार लामा, सदस्य मिथिलेस कुमार महतो लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो

शेयर
प्रतिक्रिया
Skip to content