बागमतीलाई हराउँदै एपिएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा

तराइ संचार
तराइ संचार 804 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा ः सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब ११ औँ संस्करणको जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सिमरामा जारी प्रतियोगिता अन्तर्गत सोमबार साँझ भएको खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई २–१ ले पछि पार्दै एपिएफ सेमिफाईनलमा स्थान बनाएको हो ।

एपिएफको जितमा प्रदिप लामा एक्लैले दुई गोल गरे । ३२ औँ मिनेटमा डि बक्स भित्र पाएको बललाई सदुपयोग गर्दै लामाले टिमलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रतासहित बागमतीलाई दवाबमा राखेको एपिएफले दोस्रो हाफमा समालिएर खेल्न नसक्दा ५२ औँ मिनेटमा बराबरीमा पुग्यो ।

५२ औँ मिनेटमा मन बहादुर रानाले बागमतीका प्रितम स्याङबोलाई फल गरि लडाएपछी पेनाल्टीमार्फत निरज थापाले गोल गरेका थिए ।


निर्धारीत ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछी नतिजाका लागि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमको १४औँ एपिएफका प्रदिप लामाले गरेको गोल नै खेलका लागि निर्णयक बन्यो । बागमतीका गोलरक्षक अरुण ब्लोन अघी बढ्दा उनले सहजै गोल गर्ने अवसर पाएका थिए ।

प्रतियोगीतामा अन्तिम क्वाटरफाईनल अन्तर्गत मंगलबार संकटा क्लब काठमाण्डौ र एफसी विजय युथ हेटौँडाबिच खेल हुनेछ । संकटा सिधै क्वारफाईनल खेल्न लागेको हो भने हेटौँडाले आफ्नो पहिलो खेलमा सुदुरपश्चिम ११ धनगढीलाई हराउँदै संकटासँगको भेट पक्का गरेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content