निर्बाह मुखि कृषि भन्दा ब्यबसाय मुखी बनाउनु पर्छ – कृषि मन्त्री साह

तराइ संचार
तराइ संचार 937 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बिदुर खडका । प्रदेस दुईका भुमि ब्यबस्था तथा कृषि सहकारी मंन्त्री शैलेन्द्र साहले कृषीलाई निर्वाहमुखी भन्दा ब्यवसायमुखी बनाउनु पर्ने कुरा बताउनु भएको छ । उहाँले बिगतमा प्रदेश दुईका किसानले उब्जाएको खाध्यान्न बिदेसमा निर्यात हुने गरेको भएपनि अहिले आयत गर्ने अवस्था रहेको जनाएका छन ।मन्त्री साहले सानाकिसान कृषि सहकारी संस्था डुमरवाना मौलापुरको कृषि उपज भंन्डारन पुर्बधार निर्माण केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
साहले सरकार प्रति ईङ्गित गर्दै समस्या माथि समस्या भोगिरहेका किसानहरुले बिगत देखि भन्दै आएको कृषि प्रधान देश नभएर अब कृषक प्रधान देश भएको जनाएका छन ।
मंन्त्री साहले किसानहरुले निर्बाहमुखि खेति भन्दा ब्याबसाय मुलक खेति गरेर प्रदेशलाई संम्बृद्धि तर्फ लानु पर्नेमा जोड दिएका हुन ।
साहले सहकारिको माध्यमबाट समाज र सस्कृति बदल्न सक्ने मात्र सरकारको तिन खंम्बे अर्थतंन्त्रको नितिअनुसार सहकारिले प्रदेसलाई आर्थिक संम्बृद्धि तर्फ अघि बढ्न सहयोग हुने जनाएका छन ।
प्रदेस सरकारको ५० प्रतिसत अनुदानमा निर्माण हुन लागेको ५० लाख बराबर कृषि उपज भण्डार सिलान्यास कार्यक्रममा बारा क्षेत्र नं ३ ख, का प्रदेस सदस्य पारस साह, बारा २ ख का प्रदेस सदस्य बच्चा यादब, जसपाका बारा नेता कार्यक्रता र बिभिन्न पार्टि प्रतिनिधिहरुको उपस्थित रहेको थियो
संस्थाका भण्डार निमार्ण संयोजक प्रदिप बरालले स्वागत गरेको कार्यक्रमको संञ्चालन मुख्य प्रबन्धक नारायण क्षेत्रीले गरेका हुन भने अध्यक्षता कुषि सहकारी संस्थाका अध्यक्ष बिश्वनाथ लामिछानेले गरेका हुन ।

शेयर
प्रतिक्रिया
Skip to content