थप १३१३ जनामा कोरोना पुष्टि, १४५५ डिस्चार्ज; ६ जनाको मृत्यु

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । शुक्रबार देशभर एक हजार ३१३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ३१३ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७० हजार ६१४ पुगेको छ।

हालसम्म ५१ हजार ८६६ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १४५५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ। गत २४ घण्टामा १२ हजार २६२ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार ४६४ जना क्वारेन्टिनमा रहेका छन्।

ट्याग्स : ,
शेयर
प्रतिक्रिया
Skip to content