तेल ट्याङ्करबाट २ सय १८ किलो लागुु औषध गाँजा बरामद

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । ईलाका प्रहरी कार्यालय सिमराले बुधबार बिशेष सुचनाको आधारमा २ सय १८ किलो लागुु औषध गाँजा बरामद गरेको छ । पथलैया चोक स्थित तेल ट्याङ्करबाट उक्त गाजा बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक अजय रामको कमाण्डमा गएको प्रहरीकोे टोलीले तेल ट्याङ्करबाट गाँजा अनलोड गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

१९ पोका ट्याङ्करमा राखिएको करिब २ सय १८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरीका कार्यालय बारा बाराले जनाएको छ ।
ना ४ फ २९७९ नम्बरको ट्याङ्करका चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नं.८ बस्ने बर्ष ३४ का घनश्याम गिरी र सहचालक जिल्ला चितवन खैरनी नगरपालिका वडा नं.२ बस्ने बर्ष २२ का रामकुुमार दवाडीलाई समेत पक्राउँ गरिएको प्रहरीले जनाएको छ ।

खाली ट्याङ्करबाट मोहम्मद आलमले सञ्चालन गरेको रामरहिम मोटर ग्यारेजमा गाँजा राख्दै गरेको अवस्थामा पक्राउँ गरिएको हो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखि थप अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content