निजगढ नगरपालिकाद्वारा धानको बिउ वितरण

तराइ संचार
तराइ संचार 1.4k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाले कृषकहरुलाई धानको बिउ वितरण गर्दै आएपछि कृषकहरुलाई राहत मिलेको छ । निजगढ नगरपालिकाले कृषकहरुहरुलाई धानको बिउ गतबर्ष पनि वितरण गरेको थियो ।

नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको हो । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गतबर्षदेखिनै शुरु गरिएको र यस बर्ष समेत सहुलियत दरमा बितरण भईरहेको नगरप्रमुख सुरेश कुमार खनालले बताउनुभयो ।

नगरपालिकाले नगर क्षेत्रका किसानहरुलाई सहुलियत दरमा धानको बिउ बितरण गरेर मध्यम स्तरका किसानमा ठुलो राहत भएको कृषक सुनिल सापकोटाले बताए । उत्पादन वृद्धि गर्नको लागी कृषकहरुलाई प्रोत्साहन गर्दै धानको बिउ वितरण कार्यलाई निरन्तरता दिएको खनालले बताउनु भयो ।

कोरोना संक्रमणको कारण जारी निषेधाज्ञाको समयमा कृषकहरुलाई सहजताकासाथ बिउ वितरण गर्नको लागि नगरपालिकाले छनोट गरेका पायक पर्ने स्थानहरुबाट वितरण कार्य भईरहेको बताईएको छ । नगरपालिकाले राधा ४, सावित्री, राम धान र सावा जातको धानको बिउ वितरण गर्दै आएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content