कोरोना विरुद्धको खोप खरिद गर्न निजगढको मन्त्रालयसँग अनुमति माग

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ । बारा जिल्लामा निजगढ नगरपालिकाले कोरोना भाईरस विरुद्धको खोप उपलब्ध गराउन र त्यसो गर्न नसके खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति दिन माग गरेको छ । मन्त्रालयलाई माग गर्ने नपाए तत्काल आफनै स्रोतबाट खरिद गर्न मन्त्रालयसग अनुमति माग्ने बारामा निजगढ नगरपालिका पहिलो बनेको छ ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयसंग कोरोना भाईरस विरुद्धको खोप माग गर्दै यदि उपलब्ध गराउन नसके नगरपालिकाको आफ्नै आर्थिक स्रोतबाट खरिद गर्न स्वीकृति दिन मेयर सुरेश कुमार खनालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्नु भएको हो ।

मेयर सुरेश कुमार खनाल संयोजक रहनु भएको निजगढ नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले २० हजार डोज कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय समेत गरी सकेको छ ।

नगरबासीको माग अनुसार खोप खरिद गर्न लागिएको मेयर खनालले बताउनु भएको छ । यसैबीच कोरोना खोप खरिद गर्नको लागि निजगढ नगरपालिकाले प्रक्रिया अघि बढाएकोप्रति स्थानीयमा खुशी छाएको छ ।

नेपालि कांग्रेसका नेता बारा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र क का प्रत्यासी उम्मेदवार पेमासिद्धि लामाले सामाजिक संजाल फेशबुक मार्फत निजगढ नगरपालिकालाई अन्य बिकास बजेट कटौती गरेरै भएपनि नागरिकको स्वास्थ्य सुरक्षाकोलागी कोरोना खोप खरिद गर्न नेपाली काग्रेस र स्थानीयले माग गरेकोमा नगरपालिकाले खोप खरिद गर्न लागेको प्रति खुशी प्रकट गर्दै स्वागत गरेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content