कांग्रेस नेता बुढाथोकीद्वारा स्वास्थ्य सामाग्री वितरण

तराइ संचार
तराइ संचार 712 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नबराज चौलागाई
निजगढ । वन पैदावार उद्योगी व्यवसायी महासंघ नेपालले बारा निजगढका तीन स्वास्थ्य संस्थालाई करिब ४ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । स्वास्थ्य सामाग्री कछडिया स्वास्थ्य चौकी निजगढ वडा नं. ४ , रतनपुर स्वास्थ्य चौकी वडा नं. ११ र सिगौल स्वास्थ्य चौकी वडा नं. १ लाई प्रदान गर्ने कार्यक्रम अनुसार आज बिहीबार कछडिया स्वास्थ्य चौकी निजगढ वडा नं. ४ लाई बितरण गरिएको छ ।

स्वास्थ्य सामाग्री नेपाली कांग्रेसका संगठन विभाग प्रमुख शम्भु वहादुर बुढाथोकीको पहलमा आएकोले बुढाथोकीले स्वास्थ्य सामाग्री वितरण गर्नु भएको हो । एक स्.स्थालाई करिब एक लाख २५ हजार बराबरको ह्याण्ड ग्लब्स, फेश मास्क ,डिजिटल थर्मोमिटर, पीपीई, केएन नाईन्टीफईभ मास्क, स्यानिटाईजर, साबुन र बिभिन्न औषधिहरु हस्तान्तरण गर्नु भएको हो ।

      कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि निजगढ नगरपालिकाले गरेका क्रियाकलापमा आफुले पनि थप सहयोग पुराउने उद्धेश्यले स्वास्थ्य सामाग्रीहरु वितरणको लागि आफु क्रियाशील रहेको बुढाथोकीले बताउनुभयो । बाकी दुई स्वास्थ्य संस्थालाई समेत १लाख २५ बराबरको स्वास्थ्य सामाग्री लगत्तै बितरण गर्ने कार्यक्रम रहेको नेता बुढाथोकीले बताएका छन् ।

          बितरण कार्यक्रममा नेपाली काग्रेस निजगढ दनगर समितिका सभापति महेशी कुवर , जिल्ला सदस्यहरु रामचन्द्र जैसबाल र पदम ब. भण्डारी र उद्योग बाणिज्य संघ निजगढका अध्यक्ष रामकृष्ण नेपाल लगायतको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content