ढुङ्गा वालुवा निर्यात गर्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण – लामा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 993 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । संरक्षण तथा पर्यटन प्रबर्द्धन फाउन्डेसन नेपालका राष्ट्रिय परिषद अध्यक्ष युवराज लामाले बिहीबार एक प्रेस विज्ञप्ती जारी गरी नेपाल सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत व्यापार घाटा न्यून गर्न चुरे क्षेत्रमा रहेका नदिजन्य पदार्थको निकासी पैठारी गर्ने भन्ने बिषय दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

पर्यावरणीय दृष्टीले अत्यन्त संबेदनशिल चुरे क्षेत्रको फेदिमा बसोबास गर्ने बासिन्दाहरु चुरेको दोहनले जोखिममा पहिलेदेखिनै भएपनि ढुङ्गा वालुवा निर्यात गर्ने घोषणा गर्नु झनै दुर्भाग्यपूर्ण भएको बताईएको छ ।

 

यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई चुरेभावरको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन मार्फत आय आर्जन बढोत्तरी गराई जिवनस्तर उकास्न तर्फ सरकारले योजना बनाउनु पर्नेमा यहि क्षेत्रको ढुङ्गामाटो निर्यात गर्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण रहेको बिज्ञप्तीमा जनाईएको छ ।

पर्यावरण र पर्यटनको हिसावले पनि चुरे एउटा हिल साईड हो जसको फेदीमा विभिन्न झरना सहित वाटर होल्डहरु , पार्कहरु निर्माण गरि हाईकिङ्ग र साईकिलिङ्ग रुटहरु बनाएर थाईल्याण्डमा जस्तै विभिन्न रात्रिकालिन स्टेसनहरु बनाएर आन्तरिक तथा बाहिरी पर्यटक भित्र्याउन सकिन्छ, नेपालमा धेरै जसो निकुञ्ज र बन्यजन्तु आरक्ष पनि चुरे कै आस पास एरियामै रहेको छ, हामी यी संभावनाहरु अध्यन गरि गुरुयोजना बनाएर अगाडि बढन तिनै तहको सरकारलाई सुझाव समेत दिन चाहन्छौ विज्ञप्तीमा जनाईएको छ ।

 

चुरेको धार्मिक तथा ऐतिहासिक पर्या पर्यटनको महत्त्व बुझेर यसलाई जोगाउनु पर्छ भनेर विभिन्न राजनैतिक दलका नेता तथा अभियान्ताज्युहरुले जारी गर्नुभएको बिज्ञप्ती प्रती ऐक्यबद्धता जाहेर गर्दै ढुङ्गा वालुवा निर्यात गर्ने कार्य बन्द गर्न माग गरिएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content