सिमरा । बारा क्षेत्र नं. ४ विघटित संघीय प्रतिनिधि सभाका सभासद एकवाल मिया युवा तथा खेलकुद मन्त्री नियुक्त हुनु हुने भएको छ ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी भएका मिया सहित १० मन्त्रीलाई आजै ८ बजे सपथ ग्रहण राखिएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं. १ निवासी मिया राजपाबाट बाराको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभामा बिजयी भएका हुन ।
बिभिन्न संघ सस्थामा बसेर सामाजिक काम गर्दै आएका मिँया राजपा र पछि एकता पछि जसपा हुदा पनि केन्द्रिय सदस्य रहेका थिए । तराई सञ्चारसगको कुराकानीमा मियाले सबैलाई समेटेर काम गर्ने बताउनु भएको छ ।
पहिलो पटक मन्त्री भएका मियाले खेलकुद क्षेत्रबारे धेरै काम गर्नु पर्ने भएपनि प्राथमिकताका आधारमा योजना बनाई काम गर्ने बताउनु भयो ।