सिमरा । बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज शुक्रबार थप तथा संशोधन सहित निषेध आदेश जारी गर्दै जेष्ठ ३० सम्म लकडाउन बढाएका हुन ।
विश्वभरी फैलिदै गएको नयाँ भेरियन्ट कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको तथा पछिल्ला दिनहरुमा बारामा समेत सङ्क्रमणदर तिब्ररुपमा बढिरहेको सन्दर्भमा डिसिएमसी र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको बताईएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को देहाय १७ नं. बमोजिम जिल्ला कोभिड व्यवस्थापन समितिकोशुक्रबार बसेको बैठकले अघि जारी आदेशलाई निरन्तरता दिदै सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन,२०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जेष्ठ ३० गते राती १२ः ०० बजेसम्म बारा जिल्लाभर लागु हुने गरी निषेध आदेश जारी गरिएको हो ।