सिमरा । ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक बिन्देश्वर यादवको टोलीले ६० हजार बराबर मूल्यको चोरी पैठारीको लताकपडा, किराना सामानहरु बरामद गरेको छ । पक्राउ गरिएका सामाग्री भन्सार दाखिला गरेका प्रहरीले जनाएको छ ।
प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको लताकपडा, किराना सामानहरू प्रहरी चेकिङका कारण बेवारीसे अवस्थामा छाडी फरार भएपछि उक्त मालसामान बरामद गरी बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको हो।