दुःखमा परेको बेला उदाहरणीय कामले निजगढका जनता खुशी

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनालको कोरोना महामारीमा परी दुःखमा परेको बेलामा पनि उदाहरणीय कामले स्थानीय जनता खुशी देखिएका छन् ।

निजगढ निवासी नबराज तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा नगर प्रमुख र उपप्रमुख स्कुटरमा विकासको काममा हिडेको तस्विरमा कमेन्ट गर्दै पुरुषेत्तम अधिकारीले खुशी प्रकट गरेका छन् ।

निजगढ सडकटोल निवासी केशव सापकोटाले पार्टी फरक भएपनी जनताको सेवामा एक मन भएकोमा धन्यवाद भन्दै खुसी प्रकट गरेका छन् । त्यस्तै राजेन्द्र सापकोटाले अरु मेयरको पनि बुद्धि पलाओस भनेका छन् । अधिंकाश स्थानीयले उत्कृष्ट कार्य भन्दै एक सय ३० भन्दा बढीले कमेन्ट गरेका छन् ।

धेरै स्थानीय तह अहिले कोरोनाको दोश्रो भेरिएन्टबाट कार्यालय सुनसान जस्तै भएपनि हरेक दिन कार्यालयमा उपस्थित हुने नगरप्रमुख खनालले स्वाथ्र्य भन्दा माथि उठेर हातेमालो गर्दै जनताको सुखदुःखमा साथ दिएका कारण दुःखमा पनि नगरप्रमुख र उपप्रमुखकाके कामबाट जनतामा खुशी देखिएको स्थानीय नवराज तिमल्सिना बताउनु हुन्छ ।


कोरोना महामारीको यो समयमा आफु चढ्ने सवारीलाई एम्बुलेन्स बनाएर स्कुटरमा चढेर हरेक दिन कार्यालय जाने मात्र हैन हरेक योजनाको अनुगमनमा समेत पुग्दै आएको तिमल्सिनाले बताए । कोरोना महामारी कसरी नियन्त्रण गर्न सकिन्छ भनेर विभिन्न योजनाबद्धरुपमा अघि बढेपछि अहिले कमी आएको र अबको १५ दिनमा धेरै नियन्त्रणमा आउने नगरपालिका स्वास्थ्य फाटका प्रमुख रमेश लामाले बताउनु भयो ।

उहाँले नगरपालिकामा कोरोना महामारी पछि नगरले खानपिन सहितको १५ बेडको आईसोलेशन कक्ष सञ्चालन गरी हालसम्म ९० जनालाई ब्यवस्थापन गरी सकेको बताउनु भयो । निजगढमा कोरोनाको दोश्रो भेरिएन्ट शुरु भएपछि तीन सय ६० कोरोना सक्रमित भेटिएकोमा अहिले होम आईसोलेशन र नगरको आईसोलेशन गरी एक सय ६० सक्रमितको उपचार भईरहेको लामाले बताउनु भयो । हालसम्म १६ जनाको कोरोनाका कारण मृत्यु भईसकेको लामाले बताउनु भयो । नगरमा नगर प्रमुख उपप्रमुख र प्रशासकीय प्रमुखको सकृयतामा योजनाबद्धरुपमा जनताको दुःखमा कुनै कमी हुन नदिने प्रयत्न भएको लामाले बताउनु भयो ।


हरेक आईतबार र बुधबार एन्टिजिन,पिसिआर र भिटिएमबाट परिक्षणको दायरा बढाउनुका साथै रोग प्रतिरोधात्मक औषधीहरु भिटामिन सि, जिन्क जक्की, भिटामिन डी लगायतका औषधी बितरण, घरघरमा स्वास्थ्यकर्मी पठाएर अनुगमन परिक्षण लगायत खोपका लागि खरिद प्रकृया समेत बढाई सकेको बताउदै नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले बताउनु भयो ।


राजनैतिकरुपमाजो जता भएपनि निजगढ नगरको विकासका काममा सबैको मिलोमतो सहकार्यमा हुदा बिकासमा फड्को मार्नुका साथै उदाहरणीय काम हुने गरेको र नगर प्रमुख र उपप्रमुखले नगरलाई पर्याप्त समय दिएर काम गरेकै कारण उदाहरणीय बनेको स्थानीय पेमासिद्धि लामा बताउनु हुन्छ ।


बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलेले अन्य स्थानीय तहको भन्दा निजगढले समयमै आईसोलेशन सञ्चालन, उच्च ब्यवस्थापन, औषधी बितरण परिक्षण, एम्बुलेन्स सवारीमा राम्रो काम गरेको बताउनु भयो ।

 

शेयर
प्रतिक्रिया
Skip to content