सिम्रौनगढमा सिम्रौनगढ नगर अस्पताल शुरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 959 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिम्रौनगढ । बाराको सिम्रौनगढमा सिम्रौनगढ नगर अस्पताल शुरु भएको छ । सिम्रौनगढ नगरपालिका ७ सिम्रौनगढमा सम्पन्न नगर अस्पतालको नगर प्रमुख बिजय शंकर यादबले एक समारोह बिच उद्धघाटन गर्नु भएको छ ।

उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख बिजय शंकर यादवले प्रत्येक स्थानीय तहमा एक अस्पताल अनिवार्य रुपमा बनाउने सरकारको निति भएपनि सरकारसग पटक पटक माग गर्दा समेत हुन नसकेपछि सिम्रौनगढ नगरपालिकाको आफनै स्रोतबाट जनताको स्वास्थ्य सुबिधालाई ध्यानमा दिदै अस्पताल निर्माण गरेको बताउनु भयो ।

अहिलेको कोरोनाको महामारीमा अस्पतालले जनताको समस्यामा केही राहत पुराउने यादबले बताउनु भयो । अस्पतालबाट खोप कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजन सर्पदंशको उपचार, क्षयरोग एवम कुष्टरोग एम्बुलेन्स लगायत सबै किसिमका स्वास्थ्य सेवा २४ सौ घन्टा उपलब्ध गराउने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथी प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद जयसवालले स्वास्थ क्षेत्रमा नगरपालिकाको अथक प्रयासबाट नगर अस्पताल सञ्चालनमा आएको बताउनु भयो ।

१५ शैयाको नगर अस्पतालमा१० शैया जनरल र पाँच शैया स्पेशल मोनिटरिङ शैया रहेको छ । ९५ लाखमे तयार यस अस्पतालमा १२ कोठा रहेको छ । आगामी दिनमा ५० शैयाको बनाउने लक्ष्य रहेको छ । वार्ड न ७ के अध्यक्ष रमेश कुशवाहाके अध्यक्षता सम्पन्न उद्धघाटन कार्यक्रममा वार्ड न १ का अध्यक्ष सुमित जयसवाल, वार्ड न ३ का अध्यक्ष मन्जुर मिया अन्सारी ,वार्ड न २ को अध्यक्ष खुशिलाल प्रसाद कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकी सिमरौनगढका ईन्चार्ज मणु यादव, सिम्रौनगढ नगर अस्पतालका प्रमुख डा जितेन्द्र यादवने , योजना प्रमुख जितेन्द्र यादव, नगर प्रहरी प्रमुख रबिन्द्र यादव सिमरौनगढ स्वास्थ्य सम्योजक राजेन्द्र प्रसाद साह , शिक्षा सम्योजक नुराजम दिद्धकी, लगायतको उपस्थिती रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content