निजगढ । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम पुर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले आफु र शुभचिन्तकहरुको सहयोगमा कोरोना महामारी नियन्त्रण गर्न स्वास्थ्य सामाग्री निजगढ नगरपालिकालाई हस्तान्तरण गर्नु भएको छ ।
अक्सिजन कन्ट्राक्टर २ थान, पल्स अक्सिमिटर ६ थान, चार हजार पाँच थान सर्जिकल मास्क, ३५ लिटर सेनिटाईजर निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनाललाई हस्तान्तरण गर्नु भएको हो ।
नेपाली काग्रेस प्रदेश सभाका उम्मेदवार एवम महासमिति सदस्य पेमासिद्धि लामाको आग्रह र आफु यही क्षेत्रको विघटित प्रतिनिधि सभाको निबर्तामान सभासद समेत भएका कारण राज्य सरकारको दायित्व भएपनि आफना जनताको दु:खमा सहयोग गर्नुपर्ने आफनो दायित्व भएकोले सामाग्री हस्तान्तरण गरेको चौधरीले बताउनु भयो ।
निजगढमा स्वास्थ्य सामाग्री अभाव हुन नदिन आफनो सहयोग रहने बताउदै निजगढको हरेक वडामा पाँच हजारका दरले माक्स र सेनिटाईजर लगायतका आवश्यक स्वास्थ्य सामाग्री निरन्तर सहयोग गर्दै जाने उहाँले बताउनु भयो ।
पुर्वमन्त्री चौधरीले निजगढस्थित स्वास्थ्य संस्थाको अबलोकन गर्दै आवश्यक अन्य स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउने प्रतिबद्धता ब्यप्त गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै नेता चौधरीले देश र जनताले कोरोना संक्रमणको चपेटामा परेर अप्ठेरो परिस्थितिको सामना गरिरहनुपरेको समयमा प्रधानमन्त्री सत्ता जोगाउने प्रयासमा रहनुभएको भन्दै दुख व्यक्त गर्नुभयो । बहुमत सांसदको हस्ताक्षर सहित राष्ट्रपति समक्ष विपक्षी गठबन्धनले सरकारको नेतृत्व गर्ने दाबि पेश गरेपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई संसद विघटनकोलागी सिफारीस गरेर रातारात प्रतिनिधिसभा विघटन हुनु र मन्त्रीमंडल पुनर्गठन जस्ता क्रियाकलापले सरकार जनताको स्वास्थ्यप्रति भन्दा पनि सत्तामोहतर्फ केन्द्रित रहेको प्रष्ट रहेको जनाउनुभयो ।
नागरिकलाई कोरोना विरुद्धको खोप लगाउनतर्फ सरकारले आर्थिक श्रोत जुटाउनुपर्नेमा संविधानको मर्म विपरित मध्यावधि चुनावमा अर्वौ रुपैंया खर्च गरेर सरकारले अन्तराष्ट्रिय स्तरमै देशको बदनाम गर्न खोजेको टिप्पणी गर्नुभयो ।
स्वास्थ्य सामाग्री ग्रहण गर्नुहुदै मेयर सुरेश कुमार खनालले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागी आफुले सांसद चौधरीसग शुरुवाती चरणदेखी नै सल्लाह र समन्वय गर्दै आएको जनाउनुहुदै प्राप्त सामाग्री कोरोना नियन्त्रणकोलागी निजगढ नगरपालिकालाई राहत पुगेको बताउनुभयो।
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार एवम महासमिति सदस्य पेमासिद्धि लामाले मन्त्री चौधरीलाई धन्यवाद प्रदान गरेका थिए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुमन बहादुर कार्की, स्वास्थ्य फाँटका प्रमुख रमेश लामा , नेपाली काग्रेस नगर सभापति महेशी कुमर, उपसभापति नवराज तिमल्सीना , वडा नं. ८ का वडा अध्यक्ष टेक बहादुर लामा, नेपाली काग्रेस बाराका नेतृ माला लामा, महासमिति सदस्य कृष्णा चौधरी, प्रेस युनियन बाराका उपाध्यक्ष बसन्त खतिवडा, पत्रकार उमेश सुनुवार, नेबिसंघका पुर्व सहमहामन्त्री राजेश रौनियार लगायतको उपस्थिति रहेको थियो । यसैगरी कांगेस नेता तथा निजगढ उध्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष रमेश दंगालले एक थान अक्सीजन कन्सनट्रेटर मेयर खनाललाई हस्तान्तरण गर्नुभएको छ ।