जीतपुरसिमरा उपमहानगरको कमजोरीले नौ करोड बक्यौता, ठेकदारको चुनौती

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय
A view of Jitpur Simara Sub Metrpolis gate in Bara district, on Tuesday, April 09, 2019. Photo: Puspa Raj Khatiwada/THT

बारा ।

एक लाख २६ हजार मासिक तलब दिएर पनि अनुगमन र स्टक दिन नसक्दा समितिको पुनः ताकेता

जीतपुरसिमरा उपमहानगरपालिकालाई खोलाजन्य पदार्थ उत्खनन तथा संकलन गर्न लगाएको ठेक्काका ठेकदारले नियम विपरित दोहन मात्र हैन गतबर्ष देखिको बाँकी ६ करोड बक्यौता र यसबर्षको तेश्रो किस्ता वापतको तीन करोड १२ लाख बुझाउनु पर्ने रकम म्याद सकिएको दुई महिना बितेपनि हालसम्म नबुझाएर नगरपालिकालाई चुनौती दिएका छन् ।

ठेकेदार पक्षले यस बर्षको तेश्रो तथा अन्तिम किस्ता चैत्र मसान्त भित्र जम्मा गर्नु पर्ने सम्झौता भएपनि हालसम्म रकम जम्मा नगरेर चुनौती दिएको हो ।

ढुंगा गिटी वालुवा ठेक्का वापतको तीन करोड १२ लाख रुपैयाँ जम्मा गर्नु पर्ने भएपनि हालसम्म जम्मा नभएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

ठेकेदार पक्षले राजस्व वापतको रकम किस्तामा बुझाउँदा तीन किस्तामा बुझाउनु पर्ने हुन्छ । पहिलो किस्ता सम्झौता गर्ने समयमा कूल रकमको ३३ प्रतिशत र वाँकी रकमलाई दुई भाग लगाई दुई किस्तामा बुझाउनु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । चालु आवको लागि नगरले १२ करोड ७६ लाख रुपैयामा तीनवटा खोलाको ठेक्का लगाएको थियो ।

तेश्रो किस्ता वापतको ४ करोड २७ लाख रुपैया मध्ये ठेकेदारले १ करोड १५ लाख रुपैया जम्मा गरेपनि वाँकी तीन करोड १२ लाख रुपैया जम्मा नगरेको हो । तेश्रो किस्ता वापतको रकम बुझाउन नगरले पटक पटक ताकेता गरे पनि ठेकेदारले नगरको पत्रलाई बेवास्ता गर्दै चुनौती दिदै आएको हो ।

सम्झौता बमोजिम नगरलाई बुझाउनु पर्ने रकम नबुझाउँदा नगरको आन्तरिक श्रोतबाट परिचालन हुने बजेट समेत प्रभावित हुने गरेको छ । नगरले किन हो ठेकदारले जे जस्तो गल्ती गरेपनि र समयमा रकम नबुझाउँदा समेत नगरले पत्र काट्ने बाहेक अन्य कुनै कारवाही गर्न सकेको छैन । ठेकदारले सम्झौप्ता अनुसार कुनैपनि काम नगर्दा समेत मौन रहेको उपमहानरपालिकाको स्थानीयले मिलोमतोको आरोप लगाउदै आएका छन । मिलोमतो नभए गतबर्षकै ६ करोड बक्यौता हुदा समेत नगर किन चिठी मात्रै काट्दै आएरहेको छ । त्यसो त खोलामा नगरले अनुगमनका नाममा छ जना आफना कार्यकर्तालाई महिनाको प्रति ब्यक्ती २१ हजार गरी ६ जनाको एक लाख २६ हजार बुझाउदै आएको भएपनि मापदण्ड बिपरित ठेकदारले ५ गुना बढी उत्खनन गर्दा समेत अनुगमन र स्टक समेत नभएर जिल्ला समन्वय समितिको नगरले जवाफ दिन सकेको छैन । ठेकदारलाई बक्यौता नदिदा र मनपरी काम गर्दा नगर मौन बस्नुको कारण अरु के हुन सक्छ स्थानीयले प्रश्न गर्दै आएका छन् ।

गतबर्षदेखि चार करोड खोलाकै र अन्य ठेकदारहरुसगको दुई करोड गरी गतबर्षको ६ करोड रकम नगरले उठाउन सकेको छैन । यति ठूलो रकम बैंकमा राख्दा धेरै रुपैया ब्याज प्राप्त हुन्छ, तोकिएको समय भित्र किस्ता नबुझाए, रकम समयमै नतिरे एक हप्ता काम रोक्ने , फर्मलाई कालो सुचीमा राख्ने , बाँकी बक्यौता सरकारी बाँकी सरह उठाउन कौशीतोस खानालाई लेखी पठाउने, घाटगद्यी शिल गर्ने सक्ने र अन्य कार्वाहीको समेत अधिकार नगरसँग रहेको वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङ्गले बताए । तर नगरले गतबर्ष देखिकै ६ करोड उठाउन समेत पत्र काटेर चुप बसेका कारण ठेकदारहरुले चुनौति दिदै आएका हुन ।

खोलामा नगरले अनुगमनका नाममा छ जना आफना मानिस राखेर महिनाको प्रति ब्यक्ती २१ हजार गरी ६ जनाको एक लाख २६ हजार बुझाउदै आएको भएपनि अनुगमन र स्टक दिन नसक्दा जिल्ला संमन्वय समितिले काटेको पत्रको जवाफ दिन नसकेपछि पुनः ताकेता गरेको छ । नदीनालामा समेत चरम दोहन गरेको समचार आएपछि जिल्ला संमन्वय समिति, बाराले जीतपुरसिमरा उपमहानगरलाई अनुगमन र स्टक उपलब्ध गराउन पत्र पठाएको हो । समितिले गत १८ गते पठाएको पत्रको जवाफ हाल सम्म नगरले दिएको छैन । जेठ २३ गतेसम्म पत्र प्राप्त नभएपछि पुनः नगरलाई अर्को ताकेता पत्र पठाईएको संमन्वय समितिका संयोजक नवलकिसोर सिंहले जानकारी दिनु भएको छ ।


बालगंगा खोलामा ठेकेदारले तोकिएको मापदण्ड भन्दा ५ गुणा बढि उत्खनन् गर्दा समेत नगर प्रमुख एवं उपप्रमुख एवम जनप्रतिनिधि र कर्मचारीहरु अनुगमनमा गएका छैनन । कर्मचारी सरुवा र केही समस्याले पत्रको जवाफ पठाउन नसकिएको नगरपालिकाले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content