सिमरा । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा महागढीमाई नगरपालिका वडा नं २ इनर्वा चोकबाट ना २ ह ६१०६ नं को कालो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल. ४९ किलो गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सोमबार दिउसो बरियारपुरतर्फबाट तेलकुवातर्फ गइरहेको अबस्थामा चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो । निजहरूले बिक्रि वितरणको लागि उक्त अटोमा लुकाई छिपाई ल्याएको सो ७ पोका अवैध लागू औषध गाँजा सहित मोटर साईकल चालक पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं १ औराहा का अमिरका पासवान, सोही ठाँउका अटो चालक रमेश चौधरी र सवार राज कुमार ठाकुर पक्राउ परेका हुन ।