निजगढ । निजगढ वडा नम्बर १२ बुंगजोरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन निर्माण कार्य शुरु भएको छ । भवनको सोमबार निजगढका मेयर सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनालले शिलान्याश गर्नु भएको छ ।
भवन निर्माण पश्चात विद्यार्थी र शिक्षकहरुले जोखिम वहन गर्दै जिर्ण भवनमा पठनपाठन गर्नुपर्ने बाध्यता अन्त्य हुने मेयर सुरेश कुमार खनालले बताउनुभयो । विद्यालयको भौतिक संरचनामा सुधार आएसगै शैक्षिक प्रगति पनि हुने आफुले विश्वास लिएको मेयर खनालले बताउनुभयो । करिब तिन दशक पुरानो विद्यालय भवन जिर्ण हुदा विद्यार्थीहरु जोखिमपूर्ण रुपमा पठनपाठन गर्न बाध्य थिए ।
भवनको श्री गुरुकुल विल्डर्स एण्ड सप्लायर्सले ९९ लाख ९९ हजार रुपैंया लागतमा निर्माण गर्न लागेको निजगढ नगरपालिकाका सुचना अधिकारी रविन घिमिरेले बताउनुभयो ।
त्यसैगरी वडा नम्बर १२ को वडा कार्यालय भवनको पनि शिलान्याश गरिएकोछ । आफ्नै वडा कार्यालय भवनबाट नगरबासीलाई सेवा प्रवाह गर्ने उद्धेश्य अनुरुप निजगढ नगरपालिकाले यस वर्ष ४ वटा वडा कार्यालय भवन निर्माण गर्न लागेकोछ । सोहि योजना अनुरुप सोमबार वडा नम्बर १२ को वडा कार्यालय भवन शिलान्याश गरिएको हो ।
भूकम्प प्रतिरोधी कोरियन प्रविधिको प्रि फ्याब्रीकेटेड संरचनामा निर्माण हुनलागेको भवनको सोमबार मेयर सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनालले संयुक्त रुपमा शिलान्याश गर्नुभएकोहो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की,वडा अध्यक्ष ज्ञान वहादुर गोले लगायतको सहभागिता रहेकोथियो । नगरपालिकाले यसवर्ष वडा नम्बर २,३,१२ र १३ को वडा कार्यालय भवन निर्माण गरिरहेकोछ ।