काग्रेसद्वारा निजगढमा स्वास्थ्य सुरक्षा सामाग्री वितरणमा प्रतिस्पर्धा

तराइ संचार
तराइ संचार 826 - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम र नवराज चौलागाई
निजगढ । देश भरीमै बारा जिल्लाको निजगढ नगरपालिका कोरोना भाईरसबाट उच्च जोखिममा रहेका बेला नेपाली काग्रेसका नेताहरु स्वास्थ्य सामाग्री बितरणमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

महाधिबेशन प्रतिनिधि समेत रहेका निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनाल र महाधिबेशन प्रतिनिधि पेमासिद्धि लामाले बुधबार निजगढको रतनपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहित विभिन्न उपकरणहरु वितरण गर्नु भएसगै पाँच काग्रेस नेताले निजगढमा सामाग्री बितरणमा प्रतिस्पर्धा गरेका हुन ।

सोही रतनपुर स्वास्थ्य चौकीलाई मंगलबार स्वास्थ्य सामाग्री नेपाली काग्रेस बारा संगठन विभागका प्रमुख समेत रहेका महाधिबेशन प्रतिनिधि शम्भु बहादुर बुढाथोकीले बितरण गरेका थिए ।

त्यसैगरी नेपाली का“ग्रेसका नेता केन्द्रीय सदस्य एवम पुर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले निजगढ नगरपालिकामा स्वास्थ्य सामाग्री बितरण गर्दै सबै वडालाई सामाग्री उपलब्ध गराउने घोषणा गरे नेपाली काग्रेसका नेता रमेश दङालले पनि निजगढमा स्वास्थ्य सामाग्री वितरण गर्नु भएको छ ।


निर्वाचन लगत्तै केही समयपछि आउन लागेको र जनताको मन जित्न नेपाली काग्रेसकाका विभिन्न गुट एकले अर्काको प्रतिस्पर्धामा उत्रिएका हुन ।

बुधबार निजगढका मेयर सुरेश कुमार खनाल र कांग्रेस नेता पेमासिद्धि लामाले अक्सीजन कन्सनट्रेटर, स्यानिटाईजर, मास्क, अक्सीमिटर वितरण गर्नु भएको हो ।

कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणको लागि नगर प्रमुखको हैसियतले नगरपालिका मार्फत विभिन्न योजनाबद्ध कामहरु गर्दै आएको भएपनि व्यक्तिगत तर्फबाट पनि नागरिकको स्वास्थ्य सुरक्षाको लागि आफुले पहल गरेको मेयर खनालले बताउनुभयो । वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम बहादुर रुम्बा र स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक दिनेश परियारलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

 

नेपाल चिकित्सक संघको सहयोगमा प्राप्त एक थान अक्सिजन कन्सनट्रेटर पाँच थान अक्सीमीटर, ५ हजार थान सर्जिकल मास्क र १० लिटर स्यानिटाईजर स्वास्थ्य चौकीलाई वितरण गरिएको हो ।

मेयर खनालले नगरबासीको स्वास्थ्य सुरक्षाको लागि आफुले नगरपालिका र व्यक्तीगत तर्फबाट समेत थप योजना बनाएर अघि बढ्ने बताउनु भयो । त्यसैगरी कांग्रेस नेता पेमासिद्धि लामाले आफुले कोरोना भाईरस संक्रमणको जोखिम बढे लगत्तै नगर क्षेत्रमा कोरोना संक्रमणबाट नागरिकको स्वास्थ्य सुरक्षाको लागि बिभिन्न पहल गर्दै आईरहेको बताउनु भयो । कोरोना विरुद्धको खोप खरिदका लागि नगरपालिकालाई आफुले दिएको सुझावलाई सकारात्मक मान्दै मेयर खनालले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयमा गर्नु भएको अनुरोध नगरबासीको हितमा रहेको बताउनु भयो ।

नगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाईरस संक्रमणबाट जोगिनको लागि आवश्यक स्वास्थ्य सामाग्रीको अभाव नहोस भन्ने उद्धेश्य अनुरुप नेपाल चिकित्सक संघसंग समन्वय गर्दै रतनपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री र उपकरणहरु वितरण गरिएको लामाले बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेस निजगढका उपसभापति नवराज तिमल्सिना, नेपाल सांस्कृतिक संघ बाराका सभापति भाईकाजी श्रेष्ठ, नेपाली कांग्रेस वडा नम्बर ११ का सभापति ऋषी कटुवाल लगायतको सहभागिता रहेको नेपाली कांग्रेस निजगढका सचिव आशिष तामाङले बताउनुभयो ।


नेता बुढाथोकीले यसअघि पुरानो निजगढस्थित स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सुरक्षा सामाग्री र उपकरणहरु वितरण गर्नु भएको थियो । त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पनि निजगढ नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर, अक्सिमिटर, मास्क, स्यानिटाईजर लगायतको स्वास्थ्य सामाग्री र उपकरणहरु वितरण गर्नु भएको थियो ।

निजगढमा नेपाली काग्रेसका बिभिन्न गुट उपगुट रहेको र स्वास्थ्य सामाग्री बितरणमा प्रतिस्पर्धाले निजगढमा स्वास्थ्य सामाग्री अभाव हुन पाएको छैन ।

शेयर
प्रतिक्रिया
Skip to content