डाँका चोरी मुद्दाका फरार प्रतिवादी १२ बर्षपछि पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 998 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । जिल्ला प्रहरी कार्यालय बाराले डाँका चोरी मुद्दाका फरार प्रतिवादी १२ बर्षपछि पक्राउ गरेको छ ।

जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नं ५ बस्ने वर्ष ४० को पन्नालाल महतो धानुकलाई लुकिछिपी बसेको अवस्थामा खोज तलास गरी पक्राउ गरेको हो ।

प्रहरीले केही दिन अघि पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी टोलीले सम्मानित बारा जिल्ला अदालतको मिति २०६६/८/१६ गतेको फैसला आदेशले ६ वर्ष कैद र रू.६४,५०० ।– ठहर गरेको फरार हुदै आएको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content