कोरोनाबाट ज्यान गुमाएका परिवारलाई निजगढ नगरपालिकाको राहत, पर्यटकीय क्षेत्रमा जान रोक

तराइ संचार
तराइ संचार 941 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं
निजगढ । निजगढ नगरपालिकाले कोरोना भाईरस संक्रमणका कारण निधन भएका नगरबासीहरुको परिवारलाई प्रति परिवार ३१ हजार रुपैंया आर्थिक सहयोग गर्ने भएको छ ।


नगरप्रमुख सुरेश कुमार खनाल संयोजक रहनु भएको नगर स्तरीय विपद व्यवस्थापन समितिको आज बिहिबार सम्पन्न बैठकले कोरोना भाईरस संक्रमणका कारण निधन भएकाहरुको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरस संक्रमणको पहिलो र दोश्रो लहरका कारण ज्यान गुमाएकाहरुको परिवारलाई प्रति परिवार ३१ हजार रुपैंया उपलब्ध गराउन नगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको नगरप्रमुख खनालले बताउनुभयो ।

कोरोना भाईरस संक्रमणका कारण ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने निजगढ नगरपालिका प्रदेश २ कै पहिलो स्थानीय तह हो ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण प्रभावित भएका अति विपन्न र असहाय परिवारहरुलाई राहत वितरण गर्नको लागि पनि नगर कार्यपालिका समक्ष सिफारिस गरिएको नगरप्रमुख खनालले बताउनुभयो ।

निषेधाज्ञाका कारण अति बिपन्न र असहाय नागरिकहरुको जीवनयापनमा कठिनाई भएकोले उनीहरुलाई खाद्य सामाग्री उपलब्ध गराउनु पर्ने नगरपालिकाको दायित्व रहेकोले तेस्ता परिवारको लगत संकलन गर्न वडा कार्यालयहरुलाई निर्देशन गरिने नगरप्रमुख खनालले बताउनुभयो ।

 बैंक तथा वित्तीय संस्थाहरू आइतबार, बुधवार र शुक्रबार हप्ताको ३ दिन बिहान ११:०० बजे देखि अपरान्ह २:०० बजे सम्म

निजगढ नगरपालिकाको प्रमुख तथा नगर विपद व्यवस्थापन समितिका संयोजक श्री सुरेश कुमार खनालको संयोजकत्वमा यस नगरपालिकाका उपप्रमुख श्री लिलादेवी लामिछाने खनाल, प्रमुख प्रशासकीय अधिकृत श्री सुमन कुमार कार्की सहित स्थानीय सुरक्षा निकायहरूको प्रतिनिधिहरू समेतको उपस्थितिमा बसेको नगर विपद व्यवस्थापन समितिको बैठकबाट यस नगरपालिकाका औषधि तथा औषधिजन्य उपकरण पसल यथावतरूपमा खुला रहने गरी तरकारी पसल, किराना पसल, फलफूल पसल, माछामासु पसल र दूध डेरी पसलहरू मात्र अर्को निर्णय नभए सम्म आइतबार, बुधवार र शुक्रबार गरी हप्ताको ३ दिन बिहान ११:०० बजे देखि अपरान्ह २:०० बजे सम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरी खोल्न दिने तथा यस नगरपालिकाका बैंक तथा वित्तीय संस्थाहरू एवं सहकारीहरू समेत हप्ताको सोही दिनहरूमा सोही समयावधि सम्म खोल्न दिने निर्णय गरेको हो ।

पर्यटकीय क्षेत्रमा जान रोक

कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञामा पनि नगरको पर्यटकीय क्षेत्रहरुमा चहलपहल बढ्न थालेपछि ति स्थानहरुमा घुमफिरकोलागी पूर्ण रुपमा निषेध गरिने भएकोछ । नगरपालिकाको गणेशमान पार्कस्थित बकैया नदि, भरतगंज सिंगौल स्थित बगर झरना, धन्सार नदि, डम्मरपुरस्थित शक्तेश्वर महादेव मन्दिर परिषरको शक्ति झरना र नदीमा गर्मि छल्नेहरुको भिड बढ्न थालेपछि विपद व्यवस्थापन समितिले ति स्थानहरुमा जान रोक लगाउने निर्णय गरेको हो ।

गर्मि छल्नका लागि निजगढका सो पर्यटकीय क्षेत्रहरुमा बारा सहित पर्सा र रौतहटदेखी मानिसहरु आउने गरेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content