सिमरा । नेकपा माओवादीमा लामो समयको राजनितिपछि नेकपा एमाले बिशेष गरी प्रधानमन्त्री एवम अध्यक्ष केपी ओलीलाई साथ दिदै आएकी ज्वाला कुमारी साहलाई एक पछि अर्को फाईदामा पुगेकी छिन ।
हाल नेपाल सरकारको कृषि तथा पशुपन्छि मन्त्री हुनु भएको छ । मन्त्री साहलाई पार्टीमा फर्किन माओवादीले दिएको निर्देशन नमानेपछि पार्टीले सासंद पद खोसेको थियो ।
सांसद पद खोसिएकी साहलाई नेकपा एमाले केपी ओली समुहले पार्टीको प्रदेश अध्यक्ष केही समय अघिमात्र तोकेको हो । ओलीले मन्त्री परिषद् फेरबदल गर्दै खाली गरेर आफुसंगै राखेको कृषि तथा पशुपक्षि मन्त्रालयको जिम्मेवारी साहलाई दिएका छन् ।
साहले यसअघि भुमी सुधार र पर्यटन मन्त्रालयको जिम्मेवारी समेत सम्हाली सकेकी छन ।
साह माओवादीबाट बारा क्षेत्र नं.३ बाट प्रदेश सभामा निर्वाचित भएकी थिईन । जितपुर सिमरा वार्ड न १६ पिलुवा निवासी साहले स्नातकसम्मको शिक्षा हासिल गर्नु भएको छ । एमाले परिवारबाट बाल्यकाल बाट शुरू भएको साह बुवाममी संगै पछि माओवादी पार्टीको विद्यार्थी संगठनमा २०५४ सालमा सदस्य भई २०५५ सालमा विद्यार्थी बारा जिल्ला संगठनको कोषाध्यक्ष २०५६ सालमा महिला संगठनको जिल्ला अध्यक्ष तथा पार्टी जिल्ला सदस्य २०५७ सालमा पार्टी क्षेत्र सचिव हुनु भएको हो । २०६०/३/३ गते जनबादी बिवाह गरेकी साहले पार्टीकै पहाडी समुदाय अमृत शर्मा बजगाइसंग बिवाह गरेकी हुन ।
जुम्लयाहा छोराहरू सहित तीन छोरा रहेकी साह शान्ती प्रक्रियामा २०६४ सालमा बाबुराम भट्रराइको संयोजमा केन्द्रीय जनपरिषद गठन भएको समयमा केन्द्रीय जनपरिषदको सदस्य भएकी साह २०६४ सालमा समानुपातिक संविधान सभाको सदस्य समेत छिन् । २०६६ सालमा महिला संगठनको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य भएकी साह २०६८ भुमिसुधार राज्यमन्त्री, २०६८ चैत महिनामा प्रयटन राज्यमन्त्री, २०७० सालमा माओवादी पार्टी केन्द्रीय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज पर्सा २ बर्ष, २०७१ सालमा पार्टी पोल्टब्युरो सदस्य तथा बारा पार्टी इन्चार्ज २ बर्ष रहेकी छिन् ।
२०७२ सालमा महिला संगठनको केन्द्रीय उपाध्यक्ष २०७४ सालमा बारा क्षेत्र न ३ क बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित भएकी हुन । २०७५ मा नेकपा पार्टीको केन्द्रीय सदस्य तथा बारा पार्टी सह इन्चार्ज भएकी साह २०७७मा नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रिय कमिटिको सदस्य भएकी थिईन । २०७८ मा बारा जिल्ला ईन्चार्ज र प्रदेश न २ पार्टी एमाले अध्यक्ष भएकी हुन ।