बारा । बाराको सिमरामा रहेको जगदम्बा स्टिल प्रा।लीमा फेरी आगलागी र बिष्फोट हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ भने चार जना मजदुर घाइते भएका छन् ।
पटक पटक आगलागि र भटी पडकदा यस अघि पनि धेरै मानिसको मृत्यु भई सकेको छ । शनिबार भएको आगलागि
उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको हो । आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताउनुभयो । दुईवटा दमकलले आगो नियन्त्रणमा लिएको हो।
मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् ।
घाइते चारजनामा राजकुमार विक, इन्द्रप्रसाद अधिकारी, नवराज चौलागाई र अवधेस कुसवाहा रहेका छन् । उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भिर अवस्था रहेका विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ । केही समयअगाडि पनि कवाड गराउने भट्टी विस्फोट हुँदा एकजना मजदुरको मृत्यु भएको थियो भने दुई जना घाईते भएका थिए ।
उद्योगको लापरबाहीका कारण मजदुरहरूको मृत्यु हुने गरको र स्थानियहरुमा त्रास बढने गरेको छ । स्थानीयले जगदम्भा स्टिललाई ज्यानमारा उद्योगको संज्ञा दिन थालेका छन् । एकातर्फ सिमरामा कवाड गराउनेने भट्टी बन्द गराउन स्थानीयले दबाब दिएतापनि उद्योगले अटेरी गर्दै आएको छ भने अर्को तर्फ प्रदुषण नियन्त्रण र मजदुरको सुरक्षा सावधानी र जोखिम नियन्त्रणमा उद्योगले बेवास्था गर्दै आएको छ । जसका कारण मजदुर स्थानीय आंतकित बनेका छन् ।