बिदुर खड्का
सिमरा । बारा लगायत तराईका किसानले उत्पादन गरेको चैते धानको मुल्य सरकारले तोकेको समर्थन मुल्य भन्दा झण्डै आधा कममा बिक्री गर्न बाध्य भएका छन् ।
किसानलाई मोलमोलाई गरी कम मुल्यमा खरिद गर्ने ब्यापारीमाथि कार्वाही हुन नसक्दा सरकारको निर्णय कार्वान्वयन हुन सकेको छैन ।
सरकारले तोकेको धानको समर्थन मुल्य २७ देखि २८ सय प्रति क्विन्टल रहेको छ । बाराका किसानहरुले प्रति क्विन्टल रु. १५०० देखि १६०० सम्म रहेको किसानहरुले बताएका छन् ।
सो धानबाट निक्लेको चौपायालाई खुवाउने धानको ढुटोको मुल्य भने ३२ सय प्रति क्विन्टल रहेको छ झरीको मौसम भण्डारण र आर्थिक अभावका कारण किसानहरुले ब्यापारीले तोकेकै मुल्यमा धान दिन बाध्य बनेको डुमरवानाका किसान बलराम तिमल्सिना बताउँछन । धानको मुल्य रु. १५०० देखि १६०० सम्म रहेको तिमल्सिनाले बताए ।
सरकार र स्थानिय सहकारिहरुले किसानले उब्जाएको धानको मुल्य तोकेर बिचौलियाहरुलाई नियन्त्रण गरेमा किसानको समस्या समाधान हुने अर्का किसान भरत बहादुर बताउँछन ।
बर्षायामको धान भण्डारण गर्न प्रमुख चुनैति रहेको र अन्य बाली लगाउन समेत रकम अभाव हुने गरेकाले किसानहरुले सस्तैमा दिन बाध्य हुने गरेको स्थानीय ब्यापारी बसन्त खडका बताउछन् ।
मिलबाला र माथिका ब्यापारीले धानको मुल्य तोक्ने हुनाले मुल्य सरकारले तोकेको मुल्य भन्दा झण्डै आधा रकममा बिक्री गर्न किसानहरु बाध्य हुने गरेका छन् ।