निजगढ । निजगढ नगरपालिकाका जनप्रतिनिधिहरुले प्राथमिक स्वास्थ्य केन्द्र निजगढलाई बिभिन्न उपकरणहरु वितरण गरेका छन ।
जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा वापतको रकमबाट स्वास्थ्य केन्द्रलाई बिरामीहरुको भाईटल्स मनिटर गर्ने डिस्प्ले स्क्रीन मनिटर छ थान र एक थान पाठेघरको मुख जांच गर्ने उपकरण खरीद गरेर वितरण गरेका हुन ।
बिहिबार नगरपालिकाको आठौ नगरसभा पश्चात स्वास्थ्य शाखालाई सो उपकरणहरु वितरण गरिएको हो ।
कोरोना संक्रमितहरुको उपचारको लागि नगरपालिकाले संचालन गरेको अईसोलेसनको लागि आवश्यक भाईटल्स मनिटर गर्ने डिस्प्ले स्क्रीन मनिटर खरीद गरेर दिने प्रतिबद्धता यस अघिनै गरेका थिए । सो अनुरुप नगरपालिकाका जनप्रतिनिधिहरुको सेवा सुविधा बापतको रकम कटाएर सो उपकरणहरु वितरण गरिएको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।
भाईटल्स मनिटर मार्फत बिरामीको मुटुको चाल, रक्तचाप, श्वासप्रश्वास लगायत बिरामीको अवस्था पहिचान गर्न सहज हुने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो ।