निजगढ । बाराका १६ स्थानीय तह मध्ये धेरैले आगामी आ.व.का लागि तोकिएकै समय असार १० गतेनै परिषद गर्दै आफनो निति तथा कार्यक्रम र बजेट ल्याएका छन् । परिषद भएका स्थानीय तहले शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, पर्यटन विकास, कोरोना भाईरस लगायतका बिषयलाई समेटेर बजेट ल्याएका छन् ।
तराईका धेरै जिल्लाका स्थानीय निकायले स्थानीय सञ्चारकर्मीलाई प्रोत्साहन र सञ्चार क्षेत्रको बिकासलाई समेटेर बजेट ल्याएको भएपनि बारामा भने सञ्चार क्षेत्रमा आउने अधिकाश बजेट आफनै कार्यकर्ता पाल्न र औपचारिकतामा मात्र सिमित बनेको सञ्चारकर्मीहरुले आरोप लगाएका छन् । स्थानीय तहले कोरोना महामारी र बिशेष अबस्थामा पनि अहोरात्र खटिएका बाराका कुनैपनि स्थानीय निकायले सञ्चारकर्मी र स्थानीय साना लगानीका मिडियालाई समेटेर कार्यक्रम नआएको बताएका छन् ।
बाराका अग्रज पत्रकार सत्य प्रसाद श्रेष्ठ गुनासो गर्दै बताउनु हुन्छ ‘ न त कोरोनाको महामारीमा स्वास्थ्य सामाग्री कुनै पालिकाले सहयोग गरे । न त अहिले परिषदहरुमा कुनै पनि सञ्चारकर्मीहरुलाई कामको मुल्याङकनका आधारमा सम्माननै गरियो । न सानो लगानीमा शुरु गरेका मिडियालाई सहयोग गर्ने कार्यक्रम ल्याएका छन् । बिज्ञापन बितरण प्रणाली स्थापना तथा मिडियामुखी ऐन अधिकाश पालिकाले ल्याउन सकेका छैन । केबल आफना कार्यकर्ता र आफनै मिडिया प्रवद्र्धन गर्ने कार्यक्रम मात्र आउनु दुखद हो श्रेष्ठले बताए ।
स्थानीय पालिकाले स्थानीय सञ्चारकर्मीलाई खबर समेत नगर्ने गरेको आरोप केही सञ्चारकर्मीहरुले आरोप लगाएका छन् । बारामा स्थानीय तहहरुमा प्रिन्टतर्फ साप्ताहिक दैनिक पत्रपत्रिका रहेका छन ।
त्यसैगरी अनलाईन, रेडियो लगगायतका दर्जनै सञ्चार संस्था र सञ्चारकर्मीहरुलाई ऐन र कानुनका माध्यमले सबैलाई समानुपातिक ढङगबाट सेवा सुबिधा र विकास गर्ने दायित्व पनि स्थानीय तहकै भएको भएपनि त्यसो हुन नसकेको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले बताउनु भयो । आफु आएपछि कार्यक्रम समाबेश गर्न सबै स्थानीय तहमा निबेदन पेश गरेको उनले बताए ।
नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतमले पालिकाको बजेट कार्यक्रम पुरानै शैली भएको र सञ्चार क्षेत्रका बिकासका लागि ब्यक्तीबादी सोच र आफना कार्यकर्ता भन्दा साना मिडिया र सबैको सहभागिता हुने गरी सञ्चार क्षेत्रको सहकार्यमा साना लगानीका मिडिया बिकास निति नियमका माध्यमबाट बजेट आउनु पर्ने भएपनि आउन नसकेको बताउनु भयो ।
साना मिडियाको विकास , सञ्चार क्षेत्रको सम्मान र आवश्यक बजेटले सञ्चार क्षेत्रलाई उपेक्षा गरेका पालिकाहरु बिरुद्ध सञ्चार क्षेत्र एक हुनु पर्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शुभाष साहले बताउनु भयो ।