कलैया उपमहानगरपालिकाको सातौं नगर सभा सम्पन्न १ अर्ब ५९ करोड ९३ लाख बजेट सार्वजनिक

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको सदरमुकाम कलैयामा रहेको कलैया उपमहानगरपालिकाको सातौं नगर सभा सम्पन्न गरेको छ । हरेकबर्ष असार १० गतेसम्म बजेट र परिषद गर्नुपर्ने नियम अनुसार कलैया उपमहानगरले पनि सभा सम्पन्न गरेको हो ।

आ। व। ०७८ र ०७९ मा रु १ अर्ब ५९ करोड ९३ लाख ५९ हजार २ सय ९२ रुपैया नीति तथा कार्यक्रममा बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव को अध्यक्षता सम्पन्न उदघाटन कार्यक्रममा उपप्रमुख रहिमा खातुनले बजेट सार्वजनिक गर्नु भएको थियो । बजेट यस अघि झै शिक्षा ,स्वास्थ , बिकास निर्माण लगायत मा मेयर यादव ले विशेष जोड दिईएको बताएका छन ।

उक्त कार्यक्रम मा उप मेयर रहिमा खातुन प्रमुख प्रशासकिय अधुकित गोपाल प्रसाद रेग्मी विभिन्न वडाका वडाअध्यक्ष जनप्रतिनिधि बुधीजिवि ,संघ सस्थाका प्रतिनिधि सन्चार कर्मी कर्मचारी लागायतको विशेष उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content