बाराका तीन स्थानीय तह समयमै बजेट ल्याउन असफल, कसको कति बजेट

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 674 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ । स्थानीय तहहरुले आगामी आ.व.०७८÷७९ को लागि बाराका १६ स्थानीय तहले मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा निति तथा कार्यक्रम र बजेट ल्याएर परिषद सम्पन्न गरेका छन् । स्थानीय स्तरमा राजनैतिक खिचातानी र समयमै तयारी नगरेका कारण बाराको आर्थिक नगरीकारुपमा रहेको जीतपुरसिमरा उपमहानगरले समयमै बजेट ल्याउन सकेको छैन ।

त्यसैगरी कोल्भी नगरपालिका र करैयामाई गाउपालिकाले पनि समयमै बजेट ल्याउन सकेका छैनन । नौ गाउँपालिका रहेको बाराको करैयामाईले मात्र परिषद असार १० भित्र ल्याउन नसकेको हो ।

पालिकाहरुमध्ये प्रसौनी गाउपालिकाले सबैभन्दा बढी बजेट ल्याएको छ । बजेट बिवरण निम्न अनुसार रहेका छन् । गाउँपलिका मध्ये सबैभन्दा कम विश्रामपुर गाउँपालिकाले ल्याएको छ
आदर्श कोतवाल गाउँपालिका    ४३ करोड ७० लाख २६ हजार ३ सय ५ रुपैया
करैयामाई गाउँपालिका     बाँकी
देवताल गाउँपालिका     ३३ करोड ८० लाख ७५ हजार
परवानीपुर गाउँपालिका   ३४ करोड ६४ लाख ७८ हजार ७ सय ५० रुपैया
प्रसौनी गाउँपालिका        ४७ करोड ४३ लाख ९८ हजार
फेटा गाउँपालिका         ३७ करोड ५२ लाख
बारागढी गाउँपालिका   ३८ करोड ४१ हजार
सुवर्ण गाउँपालिका      ३७ करोड १ लाख
विश्रामपुर गाउँपालिका   २९ करोड १९ लाख १२ हजार

बराका पाँच नगरपालिका मध्ये कोल्हवी नगरपालिका ले बजेट ल्याउन सकेको छैन । नगरमा देखिएको विवाद र विबिध कारणले परिषद समयमै गर्न नसकेको कोल्हबीले चाडै नगर परिषद गर्ने जनाएको छ । नगरपालिकाहरु मध्ये निजगढ नगरपालिकाले सबैभन्दा बढी बजेट ल्याएको छ । सबैभन्दा कम पचरौता नगरपालिकाले बजेट सार्बजनिक गरेको छ । बजेट यस प्रकार रहेको छ ।

निजगढ नगरपालिका           १ अर्व १ करोड ९४ लाख ७९ हजार ८ सय रुपैंया
महागढीमाई नगरपालिका     ५६ करोड ७३ लाख ८ हजार
सिम्रौनगढ नगरपालिका     ५३ कराड ९२ लाख ५८ हजार
पचरौता नगरपालिका        ४५ करोड ८८ लाख २४ हजार
कोल्हबी                        बाँकी
त्यस्तै दुई उपमहानगरपालिका रहेको बारामा कलैया उपमहानगरपालिकाले बजेट निति तथा कार्यक्रम ल्याएपनि जीतपुरसिमरा उपमहानगरपालिकाले बजेट निति तथा कार्यक्रम ल्याउन सकेको छैन । बजेट यस प्रकार रहेको छ ।
कलैया             १ अर्ब ५९ करोड ९३ लाख
जीतपुरसिमरा     छैन

शेयर
प्रतिक्रिया
Skip to content