अपाङ युवालाई व्हिलचियर हस्तान्तरण

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 603 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । अन्तर्राष्ट्रिय लागु औषधरहित दिवसको अवसरमा लायन्स क्लब अफ सिमरा युथ र नयाँ गोरेटो पुनर्स्थापना केन्द्रले संयुक्त रुपमा बाराका एक अपाङता भएका युवालाई व्हिलचियर हस्तान्तरण गरिएको छ ।

जीतपुरसिमरा १ का ३० वर्षीय दिलिप बास्कोटालाई व्हिलचियर हस्तान्तरण गरिएको हो ।

बास्कोटा लागुऔषधको पूर्व प्रयोगकर्ता हुन । पुनर्स्थापना केन्द्रमा उपचार लिएपछि लागुऔषधको प्रयोग छाडेका उनले सवारी दुर्घटनामा खुट्टा गुमाएका थिए । काठमाडौको कोटेश्वरमा भएको सवारी दुर्घटनापछि उपचारका क्रममा उनको खुट्टा काटिएको थियो ।

दुर्घटनापछि घरमा बस्दै आएका बास्कोटालाई लायन्स क्लब सिमरा युथ र नयाँ गोरेटो पुनर्स्थापना केन्द्रले सहजताका लागि व्हिलचियर सहयोग गरेको हो । दैनिक जिवनको सहजताका लागि व्हिलचियर र फलफुल सहयोग गरिएको नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामाले बताए ।

व्हिलचियरका लागि लायन्स क्लब अफ सिमराका अध्यक्ष हन्कल्पित न्यौपाने, नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामा, लायन्स क्लबका प्रथम उपाध्यक्ष दिवाकर भण्डारी, सदस्य सरोज खनाल, निलिशा बर्मा, सपना ढकाल, सुशान्त साह, सिमराकी लक्की श्रेष्ठ, लीला लोप्चन, चन्द्रपुर निवासी देवेन्द्र अर्याललगायतले आर्थिक सहयोग गरेका थिए ।

व्हिलचियरका लागि नेपाल अपांग सेवा संघ बाराले सहजीकरण गरेको थियो । दुई संस्थाका प्रतिनिधिले घरमै आएर व्हिलचियर सहयोग गरेको भन्दै बास्कोटाले मेरो दैनिक जीवनको सहारा बन्ने व्हिलचियर पाएकोमा ध्यन्वाद प्रकट गर्दै खशी प्रकट गरे ।

शेयर
प्रतिक्रिया
Skip to content