सिन्धुपाल्चोक र हेलम्बुका बाढिपिडितलाई निजगढ नगरपालिकाको ६ लाख सहयोग

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 983 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाले केहीदिन अघि परेको पानीले सिन्धुपाल्चोकमा गएको बाढीपहिरोबाट पिडित बनेकाहरुलाई ६ लाख सहयोग गरेको छ ।

नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउपालिकाका पिडितहरुलाई वितरण गर्ने गरी मेलम्ची नगरपालिका र हेलम्बु गाउपालिकालाई ३–३ लाख रुपैयाँ सहयोग गरिएको मेयर सुरेश कुमार खनालले बताउनुभयो । मेयर सुरेश कुमार खनाल नेतृत्वको नगरपालिकाका जनप्रतिनिधिहरुको टोलिले शनिबार चेक हस्तान्तरण गरेका छन ।

मेयर खनाल नेतृत्वको टोलिले मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर अर्याललाई चेक हस्तान्तरण गरेकोहो । बाढिपहिरो पिडितको लागि नगरपालिकाले गरेको सहयोग मार्फत स्थानीयलाई थोरै भएपनी राहत मिल्ने विश्वास लिईएको निजगढका मेयर खनालले बताउनुभयो ।

चेक हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिकाकि उपप्रमुख लिलादेवी लामिछाने खनाल,वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामा,वडा नम्बर २ का वडा अध्यक्ष केशव ढोडारी,वडा नन्बर६ का वडा अध्यक्ष कुश वहादुर थापा लगायतको सहभागीता रहेकोथियो ।

शेयर
प्रतिक्रिया
Skip to content