निजगढ नगरका तीन वडालाई बिधुतिय ईन्डक्सन चुलो बितरण

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढ नगरपालिकाद्धारा नगरका तीन वडालाई बिधुतिय ईन्डक्सन चुलो बितरण कार्य बुधबार देखि शुरु गरेको छ । निजगढ वडा नं. ७, ८ र ९ नं. वडाका सबैको लागि घरधनीले रु एक हजार बुझाएर सर्वसुलभ वातावरणमैत्री बिधुतिय ईन्डक्सन चुलो बितरण शुरु गरेको हो ।

घरधनीले यस अघिनै एक हजार बुझाएको र बाँकी रकम नगरपालिका र उर्जा कार्यक्रम मार्फत भुक्तानी हुने गरी चुल्हो बितरण गरिएको आज बुधबार नगरपालिकामा आयोजित बितरण कार्यक्रममा नगरप्रमुख खनालले बताउनु भएको हो ।
कार्यक्रममा उपमेयर लिलादेवी लामिछाने खनालले बिधुतिय वातावरण मैत्री चुलो बितरणले नगरबासीलाई लाभ पुग्ने बताउदै बितरण कार्य वडा तहबाटै हुने बताउनु भयो ।

बिधुतिय ईन्डक्सन चुलोको प्रयोगले सस्तो, सजिलो र भरपर्दो मात्र नभई बातावरण मैत्री हुने हुदा सबैले लाभ लिन सक्ने नगरका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले बताउनु भयो ।

निजगढ नगरलाई वातावरणमैत्री र नागरीकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै मेयर खनालको बिशेष पहल र सबैको सहयोगमा निजगढ नगरपालिकाले सहुलियत मुल्यमा ईन्डक्सन चुलो वितरण कार्य सुचारु गरेको कार्यक्रम सञ्चालक रबिन घिमिरेले बताए । कार्यक्रममा स्थानीय वडाअध्यक्ष , पत्रकार महासंघ प्रदेश सदस्य महेश्वर अधिकारी, पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, गोकुल घोरसाईने, नवराज चौलागाई, उमेश सुनुवार लगायतको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content