निजगढ । निजगढ नगरापालिका वडा नम्बर १ भरतगंज सिंगौलमा खानेपानी ओभरहेड ट्यांकी निर्माण कार्य शुरु भएकोछ । ट्यांकीको बुधबार मेयर सुरेश कुमार खनालले शिलान्याश गर्नु भएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको सहयोगमा निर्माण हुन लागेको ब्रम्हबाबा खानेपानी योजनाको उक्त ट्यांकी २ लाख २५ हजार लिटर क्षमताको रहेको वडा अध्यक्ष मंगल लोप्चनले बताउनुभयो । मेयर खनाल र वडा अध्यक्ष लोप्चनको आग्रहमा भरतगंज सिंगौलमा खानेपानी ट्यांकी निर्माण हुनलागेकोहो।
ट्यांकी निर्माण पश्चात भरतगंज सिंगौलमा खानेपानीको समस्या समाधान हुन धेरै सहयोग हुने आआफूले विश्वास लिएको मेयर खनालले बताउनुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको सहयोगमै सोही वडामै नमुना खानेपानी योजनाको समेत २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुन लागेको मेयर खनालले बताउनुभयो । तेसैगरी वडा नम्बर १० लालमा पनि ओभरहेड ट्यांकी निर्माण भईरहेकोले नगरपालिकामा खानेपानी समस्या समाधानमा सहयोग पुग्ने खनालले बताउनुभयो ।
नगरपालिकाले साविक निजगढमा १० हजार लिटर सम्म उपभोग गर्ने उपभोक्ताहरुलाई निशुल्क पानि उपभोग गर्न पाउने व्यवस्था मिलाएको बताउनु हुँदै मेयर खनालले नगरको सम्पूर्ण क्षेत्रमा खानेपानीको पहुच पुर्याउने आफ्नो लक्ष रहेको मेयर खनालले बताउनुभयो ।
निजगढ नगरपालिकामा खानेपानी योजनाहरु संचालन गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको महत्वपूर्ण योगदान रहेको बताउनुहुदै मेयर खनालले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका सिनियर डिभिजनल ईन्जिनियर जकि अहमद अन्सारीलाई आभार प्रकट गर्नुभएकोथियो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका सिनियर डिभिजनल ईन्जिनियर अन्सारीले निजगढ क्षेत्रमा खानेपानी समस्या समाधान गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
खानेपानीमा स्थानीय नागरिकको पहुच पुग्न आवश्यक रहेको बताउनुहुदै अन्सारीले नगरपालिकासंग समन्वय गरेर निजगढमा खानेपानी आयोजना संचालन गर्न सहयोग गरेको बताउनुभयो ।