सिमरा /
नेपाल खेलकुद पत्रकार मञ्च बाराको आज शनिवार सम्पन्न बैठकले बाराका क्रियाशिल पत्रकार अभिनाश आचार्यलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
अध्यक्ष सुनिल गाउलेको अध्यक्षतामा सम्पन्न बैठकले ‘खेलकुद पत्रकारिता पुरस्कार २०७७’ पत्रकार आचार्यलाई प्रदान गर्ने निर्णय गरेको हो ।
२५ हजार राशीको सो पुरस्कार सिआईएन र स्थानीय रेडियो सिमरामा कार्यरत पत्रकार आचार्यलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सुनील गाउ“लेले जानकारी दिए ।
आगामी भदौ २७ गते मञ्चको स्थापना दिवसका अवसरमा एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिने अध्यक्ष गाउ“लेले बताए । जिल्लामा रहेर कृयाशिल पत्रकारहरुलाई खेलकुद पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले स्थापना गरेको सो पुरस्कार आगामी दिनमा प्रत्येक वर्ष प्रदान गर्ने निर्णय समेत वैठकले गरेको छ ।
बैठकमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष एवं मञ्चका सल्लाहकार रेशम तिवारी, पुर्व अध्यक्ष एवं सल्लाहकार गुरु प्रसाद गौतम लगायत मञ्चका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मञ्चका सचिव बसन्त खतिवडाले गर्नुभएको थियो ।