जीतपुरसिमरा उपमहानगरपालिकामा आपसी सहमतिपछि विवाद साम्य

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.2k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकामा पछिल्लो पटक देखिएको विवाद तत्कालका लागि समाधान भएको छ । प्रमुख प्रशासकीय अधिकृत चेतप्रसाद पोखरेल र वडाध्यक्ष एवं कार्यपालिका सदस्य भोजबहादुर खत्रीबिच आपसी सहमतिपछि विवाद साम्य भएको र आजदेखि नियमित काम सञ्चालन हुने बताईएको छ ।

वडा नं ४ का वडाअध्यक्ष खत्रीले अधिकृत खरेलले कार्यकक्षमै गाली गलौज गरेपछि बुधबार कर्मचारीहरुले समेत काम नगरी आन्दोलनमा उत्रेका थिए ।

विवादका कारण कार्यालय छाडेर जानु भएका प्रमुख प्रशासकीय अधिकृत पोख्रेल र वडाअध्यक्षबिच आपसी समझदारी भएपछि नियमित कामकाजमा फर्कनुभएको हो ।

आर्थिक बर्षको अन्त्यमा काम नहुदा नगरको अन्तिम निकासाको समयमा समस्या हुने भएका कारण अन्य नेता कार्यकर्ता समेत चिन्तित थिए । भुत्तानी नहुने , नगरसभा नै प्रभावित हुने भएपछि वडाध्यक्ष एवं कार्यपालिका सदस्य भोजबहादुर खत्री र प्रमुख प्रशासकीय अधिकृत चेतप्रसाद पोख्रेलवीच आत्मालोचनासहित आपसी समझदारी भएर बिवाद समाधान भएको हो । जनताले प्रशासकीय प्रमुख नियमित काममा फर्केपछि चुस्त दुरुस्त सेवाको अपेक्षा गरेका छन् ।

मंगलबार वडाध्यक्ष खत्री र प्रशासकीय प्रमुख पोखरेल बीच रकमान्तरका विषयमा विवाद भएको थियो । यसैबिच जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई वडा अध्यक्षले गालीगलौज, अपशव्दहरु प्रयोग गरी दुरव्यवहार गर्नु भएकोमा सम्पूर्ण नगरपालिका कर्मचारीहरुले खेद प्रकटगरेका छन। वडाध्यक्ष जस्तो मर्यादित पदमा वस्नु भएका व्यक्तिले आफ्नो पदिय हैसियत र आफ्नो मर्यादालाई समेत ख्याल नगरेको आरोप उनीहरुले लगाएका छन् ।

निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, बाराका पुर्व अध्यक्ष एवम जीतपुरसिमरा उपमहानगरपालिकाका लेखा प्रमुख राजेन्द्र कुमार कार्कीले वडामा उपस्थित हुदाँ वडाको प्रमुख र कार्यपालिकामा उपस्थित हुदाँ मन्त्रिको हैसियतमा रहनु पर्नेमा सोसम्म विर्सिएर सम्मानित सभा र सम्मानित कार्यपालिकाले पारित गरिएका ऐन, कानुन, निति, नियम र निर्णयको परिपालना गर्न वसेका कर्मचारीहरु माथी गरिएका व्यवहार प्रति दुःख ब्यप्त गरेका छन्।

शेयर
प्रतिक्रिया
Skip to content