बारा । प्रदेश नं. २ का खानेपानी तथा ऊर्जा विकास मन्त्री ओम प्रकाश शर्माले खानेपानीको चरम अभाव झेलीरहेको बाराको अमलेखगञ्ज र पथलैया क्षेत्रमा खानेपानी पु¥याउन प्रदेश २ सरकारले विशेष योजना बनाउने बताउनु भएको छ ।
पथलैयास्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा रहेको ओभरहेड ट्यांकीको क्षमता बिस्तारका लागि जनकपु्र पुगेको टोलीलाई मन्त्री शर्माले यस्तो प्रतिवद्धता ब्यप्त गर्नु भएको हो । प्रदेश सभा सांसद शोभा लामाको नेतृत्वमा मन्त्रालय पुगेको टोलीसग मन्त्री शर्माले अमलेखगञ्ज पथलैयामा निर्माण हुने ट्यांकीले अमलेखगञ्जका बासिन्दालाई समेत लाभ मिल्ने गरी योजना अघी बढाउन राय दिएको टोलीमा सहभागी नेपाली काँग्रेसका जीतपुरसिमरा नगर सभापती श्यामबाबु गुप्ताले जानकारी दिनुभयो ।
पाईलाईन मार्फत डिजल पु¥याउन सकिने अमलेखगञ्जमा खानेपानी समेत सोही प्रकृयाबाट पु¥याउन सकिनेबारे सम्भाब्यता अध्ययन गरी तत्काल काम अघी बढाउने प्रतिवद्धता समेत मन्त्री शर्माले ब्यक्त गरेको सभापती गुप्ताले तराई सञ्चारलाई बताउनु भयो ।
अमलेखगञ्जमा अहिले चुरेस्थित बिजौरा खोलाको मुहानबाट पानी संकलन गरि त्यहाँस्थित उद्योग कलकारखाना लगायत ६ सय ४२ घरधुरीलाई वितरण हुँदै आएको भएपनि बढ्दो जनसंख्या र सहरीकरणका कारण पानीको समस्या हुदै आएको छ ।
जीतपुरसिमरा वडा नम्बर एकका अध्यक्ष हिरा बहादुर गुरुङ, पथलैया खानेपानी समितिका अध्यक्ष सुरेश लामा, सचिव मदन कंशकार, नेपाली काग्रेस वडा नं १ का वडा सभापति राम प्रसाद अधिकारी लगायतको टोलीसँग मन्त्री शर्माले आफ्नै कार्यकालमा अमलेखगञ्जबासीलाई खानेपानी पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नुभएको टोलीमा सहभागी साभासद शोभा लामाले बताउनु भयो । पथलैया र अमलेखगन्जलाई खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धताले वडालाई खानेपानीको समस्या समाधान हुने वडा अध्यक्ष हिरा बहादुर गुरुङले बताउनु भयो ।