कलैया । बाराका सबै खोप केन्द्रहरुबाट कोरोना भाइरस सङ्क्रमण विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही असार २५ गते लगाइने भएको छ ।
कोभिड (१९ बिरूद्धको राष्ट्रिय खोप अभियान अन्र्तगत ६२ वर्ष उमेर समूहले २०७८ जेष्ठ २७ दिन भेरो सेल पहिलो मात्रा लगाई सकेका ब्यक्ति लाई दोश्रो डोज लगाउने कार्यक्रम अन्र्तगत भोली २५ गते खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय बारा का निमित्त प्रमुख रामनरेश यादवले बताउनु भएको छ । खोपको पहिलो मात्रा लगाएकाले दोस्रो डोज लगाउन पाउने छन ।
खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने निमित्त प्रमुख यादबले बताए ।