मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु एक जना घाइते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 962 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । कोल्हबी बाट निजगढ तर्फ जादै गरेको ना२३प १५१७ नम्बरको मोटरसाइकल तिव्र गतिका कारण अनियंत्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर २ भिम सखुवा स्थित ३ नम्बर पुल नजिक तामागढी कोलह्बी सडक खण्डमा भएको सो दुर्घटना मा परि मोटरसाइकल चालक रौतहट नजरपुर बस्ने ४२ वर्षीय दुर्गा सापकोटाको मृत्यु भएको हो । घाईते भएका सापकोटालाई कलैया अस्पताल उपचारका लागि लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते बिजयपुर फतुवा नगरपालिका ९ बस्ने ४० वर्षीय महम्मद कैफ देवानको उपचार बिरगंज स्थित नेशनल मेडिकल कलेजमा भई रहेको प्रहरीले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content