हात्तीको आक्रमण बाट मृत्यु भएका राउतको परिवारलाई कलैया उपमहानगरपालिकाले राहत स्वरुप ५० हजार प्रदान

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । जंगली हात्तीको आक्रमण बाट मृत्यु भएका रामदेव राउत कुर्मीको परिवारलाई कलैया उपमहानगरपालिकाले राहत स्वरुप ५० हजार दिने निर्णय गरेको छ ।

गत शुक्रबार असार १८ गते कलैया उपमहानगरपालिका वडा नम्बर २ अवधापुर बस्ने ४५ वर्षीय रामदेव राउत कुर्मीको खेतमा काम गरी रहेको अबस्थामा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

 

बिहीबार आज बसेको कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले रामदेवको पत्नी अमिता कुर्मीलाई सो रकम प्रदान गर्ने निर्णय भएको नगर प्रमुख राजेश राय यादवले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content