शान्ति सुरक्षामा कसैसंग सम्झौता नगर्न डिआईजी रंन्जितकारको निर्देशन

तराइ संचार
तराइ संचार 922 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव महानिरिक्षक उमेश रंन्जितकारले शान्ति सुरक्षामा कसैसंग सम्झौता नगर्न नगराउन मातहतका प्रहरी युनिटहरुलाई निर्देशन दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको नवनिर्मित भवन, हिरासत कक्षाको अवलोकल निरिक्षण पछि सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नायव महानिरिक्षक रंन्जितकारले सो कुरा बताउनु भएको हो ।

नागरिकको जीउधनको रक्षा नै प्रहरीको पहिलो दायित्व भएको बताउदै सिमाबाट हुने तस्करीलाई पुर्णरुपमा रोक्न निर्देशन समेत दिनु भयो ।

नागरिकलाई बिना झनझट प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिदै कुनै बहनामा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न आनकानी गरेको पाईए कडा कार्वाही गर्ने चेतावनी समेत दिनु भएको छ । मुस्कान सहितको सेवा प्रदान गर्नमा कुनै कमी नराख्न निर्देशन दिदै सचेत गराएका थिए ।

प्रहरी कार्यालय परिसर हाताभित्र बृक्षारोपण गर्नु भई कार्यालयमा रहेका शाखाहरूको निरीक्षण, हिरासत कक्ष तथा हिरासतमा रहेका थुनुवाहरूको सम्बन्धमा नायव महानिरिक्षक रंन्जितकारले जानकारी लिनु भएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिएका छन् ।

घुस लिनेदिने काम पुर्ण रुपमा बन्द गरी सजग र सचेत भई व्यवसायिक प्रहरी बन्न समेत डिआईजी रंन्जितकारले निर्देशन दिएका हुन ।

शेयर
प्रतिक्रिया
Skip to content