गुरुप्रसाद गौतम/ सिकेन्द्र पासवान
कलैया । बाराको देवताल गाउँपालिकाले दाईजोप्रथा अन्त्य गर्न बिशेष कार्यक्रम गर्ने भएको छ ।
बारा लगायत प्रदेश र जिल्लामै अत्यधिक दाईजो प्रथाका कारण आर्थिक अबस्था कमजोर भएका समस्यामा पर्दै आएको अबस्थामा देवतालले यसबर्ष ५१ जनाको दाईजो विना सामुहिक विवाह गर्ने निर्णय गरेको छ । दाईजो प्रथाका कारण धेरैले बिवाह गर्न गराउन समेत नसकेका अबस्थामा देवताल गाउपालिकाले बिशेष कार्यक्रम ल्याएको हो ।
आर्थिक बर्ष ०७८।०७९ को बजेटमा आर्थिक अवस्था कमजोर भएका ५१ जना हिन्दु एवम मुस्लिम केटीको बिना दाईजो विवाह गर्ने गरी निति तथा कार्यक्रम ल्याईएको गाँउपालिकाका अध्यक्ष चन्दन सिहले बताउनु भयो । ३२ करोड बजेट बिनियोजन गरेका सो पालिकामा ७ वटा वडा रहेकोमा ५१ जना केटीको विवाहका लागि जनही रु ५१ हजार प्रोत्साहन स्वरुप केटा पक्ष अभिभावकलाई दिएर पालिकाको खर्चमा सामुहिक बिवाह गर्ने अध्यक्ष चन्दन सिहले बताउनु भयो ।
हिन्दु केटीको हकमा मंसिर महिनाको विवाह पन्चमीका दिन विवाह गर्ने कार्यक्रम रहेको र त्यस अघि प्रचारप्रसार लगायतको अन्य तयारी गर्ने गरी तय भएको छ भने मुस्लिम केटीको हकमा भने उनीहरुको रिती रिवाज अनुसार सामुहिक रुपमा विवाह गर्ने अध्यक्ष सिहले बताए ।
तराई मधेशका जिल्लाहरुमा अहिले पनि दाईजो प्रथाका कारण कतिपय केटीहरुको ज्यान समेत जाने गरेको दुखद घटना र विपन्नहरुले विवाहनै गर्न नसक्ने अबस्थालाई मध्य नजर गर्दे बिना दाईजो विवाह गरी समाजमा रहेको अज्ञानतालाई चिर्नमा सहयोग पुग्नुको साथ साथै अनाहकमा ज्यान जाने प्रवृतिलाई रोक्नका लागि पनि यो अभियानलाई अगाडी ल्याएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत सिकिन्दर प्रसाद साहले बताए ।
बजेट निति तथा कार्यक्रममा पालिकाले आर्थिक बर्ष ०७८÷०८९ मा किसानहरुको लागि कृषि मिटरको शुल्क निशुल्क , कृषि समाग्री खरिदमा ५० प्रतिशत अनुदान, हिन्दुहरुको शव दहनका लागि १६ वटा स्थानमा शव दहन सेड निर्माण, बाईफाई जडान गर्नेहरुलाई शुल्कमा ५० प्रतिशत छुट, २० वटा महिला समुह निर्माण गरी प्रति समुहमा ३ लाख रुपैया अनुदान दिई महिलाहरुको आर्य आर्जनमा टेवा पुराउने जस्ता जनमुखी बजेट ल्याएको वडाअध्यक्ष मिश्रीलाल सहनीले बताए ।
बिहाब्रतबन्धमा विभिन्न जातजातीलाई भोजमा खाना पकाउनका लागि भाडा खरिद गर्ने, स्यमसेविकाहरुलाई मासिक रु १ हजार तलवमा वृद्धि गर्ने एवम जागिर छोडन मनसाय भएको अवस्थामा जागिर छोडने स्वयसेविकाहरुलाइृ एक मुष्ठ रु २० हजार प्रोत्सहान स्वरुप दिनुको साथसाथै निजकै घरवाट बुहारी वा अन्य एक ब्यतिmलाई जागिर दिने गर्भवती महिलाहरुलाई रु १ हजारको पौष्टिक खाना खानका लागि उपलब्ध गराउनुको साथसाथै जेष्ठ नागरिक, एकल महिलाहरुलाई भता लिन जानका लागि पालिकाबाट बस खरिद गरि पालिकाभरीका टोलहरुमा वृद्धवृद्धाहरुलाई बैक सम्म पुराउने र फर्कउने सम्मको व्यवस्था गरिएको देवताल गाँउपालिकाका अध्यक्ष सिहले बताएका छन ।