पचरौता नगरपालिकामा स्नातक गर्ने महिलालाई ५१ हजार

तराइ संचार
तराइ संचार 947 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया । पचरौता नगरपालिकाकाले पालिकाभरीबाट चालु आर्थिक बर्षमा स्नातक उर्तिण गर्ने (छोरी) महिलाहरुलाई रु ५१ हजार रकम दिने भएको छ ।

आर्थिक बर्ष ०७८÷०८९ को बजेट निति कार्यक्रम मार्फत यस्तो घोषणा गरेका हुन । तराई मधेसका जिल्लाहरुमा छोरीहरुलाई नपढाउने चलन कम गर्न पचरौता नगरपालिकाले छोरीहरु पढाईमा आर्कषण गराउने एवम अभिभावकहरुमा पनि हौसला, चेतना बढाउने उद्धेश्यका साथ बजेटमा यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिनुभयो । थौरै भएपनि सो ५१ हजार रकमले उच्च शिक्षा हासिल गर्नेमा सहयोग पुग्ने नगरप्रमुख यादवको भनाई रहेको छ ।

छोरीलाई नपढाउने गरेकोमा मधेसमा बसोबास गर्ने मधेसी समुदायका ब्यतिmहरुलाई पनि छोरीलाई पढाउनु पर्दछ भन्ने चेतनाको बिकास हुन नसक्दा अझैपनि धेरै छोरीहरु बिद्यालयबाट बञ्चित छन । नगरपालिकाको यो अभियानलाई पचरौताका महिला समुहहरुले स्वागत गरेका छन ।

महिलालाई अगाडी बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद रु ५१ हजार दिने निर्णय सराहनिय रहेको महिला अधिकारकर्मी साबित्री शर्माले बताईन । मेयर यादवले पचरौता नगरपालिकामा जनता मुखी रचानात्मक बजेट ल्याई नागरिकलाई सबल एवम सक्षम बनाउनका लागि कृषि मिटरमा शुल्क फ्रि, गरिब दलित, असहाय, बिपन्न बर्गका ब्यतिmहरु जो साचै निकै कष्टकर रुपमा धुवा खाई खाई खाना पकाई जीवन यापन गरिरहेका बर्गहरुको स्वास्थ्य अवस्थालाई ख्याल गरि निशुल्क रुपमा सिलिन्डर सहित ग्यास चुलो प्रदान गर्नेका लागि बजेट ल्याएको मेयर यादवले जानकारी गराए ।

हरेक नागरिकलाई स्वास्थ्य सेवा भरपर्दो तथा प्रभावकारी रुपमा दिनका लागि नगर भित्र १५ शैयाको सुबिधा सम्पन्न अस्पताल निर्माण गर्नका लागि बजेटमा रकम छुटाउनुको साथसाथै, वृद्धवृद्धाहरुको हकमा निशुल्क मोतियाबिन्दुको अपरेसन गर्नेका लागि पनि बजेटमा रकम छुटाएको छ । नागरिकलाई सहज रुपमा स्वास्थ्य चौकी सम्म पुगाउनका लागि नगरपालिकाले आफनो एम्बुलेन्स खरिद गर्नेका लागि पनि अगामी बजेटमा रकम छुटाइएको नगरप्रमुख यादवले जानकारी दिए । नगरभित्रमा ९ वटा वडा रहेकोमा आर्थिक बर्ष २०७८÷८९ का लागि रु ४५ करोड ८४ लाख २७ हजार बजेट छुटायएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content