किर्ते सवारी पास बनाउने बाराका दुई पक्राउ

तराइ संचार
तराइ संचार 658 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । जिल्ला प्रहरी कार्यालय बाराले किर्ते सवारी पास बनाउने प्रिन्टर सहित दुई जनालाई कलैयाबाट पक्राउ गरेको छ ।

 

प्रहरीले ना. १ ज ७२८८ न.ंको सुमो गाडीको धनी जिल्ला बारा कलैया उपमहानगरपालिका वडा न १७ बस्ने जयनारायण प्रसाद जैसवाल र पसल संचालक जिल्ला बारा कलैया उपमहानगरपालिका वडा न ३ बस्ने बर्ष ३० को गोपाल प्रसाद साहलाई पक्राउ गरेको हो ।


जयसवाललाई प्रहरीले शनिवार बाराको पथलैया चोक स्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाण्डौ जानको लागि आएको ना। १ ज ७२८८ न। को सुमो गाडीको कागजातहरु चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

प्रहरीले जैसवालसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखत समेत किर्ते गरी बनाइएको नक्कली सवारी पास सहित पक्राउ गरेको हो ।

सो विषयको थप अनुसन्धान गर्ने क्रमम जयसवालले उक्त किर्ते पास कलैया ४ स्थित दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको भनि खुल्न आएकोमा उक्त पसल खानतलासी गर्ने क्रममा थप ३ थान नक्कली सवारी पास तथा उक्त पास बनाउन प्रयोग गरिएका उपकरण सहित पसलका संचालक गोपाल प्रसाद कलवारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरा बारामा राखी लिखत सम्बन्धी कसुर किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content