सिमरा । नेपाली काग्रेस बाराले क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै बाराका चारवटै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरूले कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरे पछि छानविन समितिले देशको ७५ जिल्लाको विवाद समाधान गरेपनि बाराको भने बाँकी रहेको छ । अब बाराको आज भोलीनै विवाद समितिले काम गरी अन्तिम प्रतिबेदन दिने तयारीमा छ ।
नवीकरणको फारम बुझाएर पैसा तिरे पनि नगर प्रमुख एवम पुर्व नगर सभापति सुरेश खनाल, पुर्व पार्टी सभापति तथा सासद लालबाबु सिह लगायत धेरै फरक गुटका नेता कार्यक्रर्ताहरुको नवीकरण रोकिएको छ । नबिकरण क्रियाशील सदस्यको अविलम्ब नवीकरण गर्नुपर्ने, केन्द्रीय छानबिन समितिबाट रोकिएका १३औँ महाधिवेशनको छुटको नामको एक सय ६६ जनाको नामावली र सो बराबरको नयाँ क्रियाशील सदस्यता अविलम्ब खारेज गर्नुपर्ने, क्रियाशील छानबिन समितिमा दिइएको निवेदनउपर अविलम्ब कारबाही हुनुपर्ने, वडा कार्यसमितिको सिफारिस विनाको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, केन्द्रीय मापदण्डअनुरूप वडा कार्यसमितिले सिफारिस गरेको, तर जालसाझी गरी रोकिएका व्यक्तिहरूलाई तत्काल नयाँ क्रियाशील सदस्यता प्रदान गर्नुपर्ने लगायत माग राखेर धर्ना सुरु गरेका हुन् । त्यसैगरी वडा , नगर र क्षेत्रिय समितिको निर्णय नभै सिफारिस गरिएका सदस्यता खारेज हुनुपर्ने बताएका छन् ।
क्षेत्र नं। १ मा पनि क्षेत्रीय सभापतिले वडाबाट सिफारिस गरिएकोभन्दा धेरैजनाको नाम थप गरेर पठाएको पाइएको आरोप छ । ‘वडाबाट ३० जनाको पठाइएको छ, तर क्षेत्रीय सभापतिले त्यहाँ आफूअनुकूल हुने गरी थप गरेर पठाएको पाइएको छ, जो विधि विधान विपरीत छ, पूर्वसांसद लालबाबु सिंहले बताए । सिह सहित , पूर्वजिविस सभापति राजेन्द्र यादव, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, शिक्षक संघका पूर्वजिल्ला अध्यक्ष रामविलास यादव, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादब सहित करिब तीन सय जना नेता–कार्यकर्ताको सदस्यता नवीकरण फारम भराए पनि त्यसको विवरण केन्द्रमा नपठाएको र मनलाग्दी सदस्यता बितरण गरेको आरोप लगाउदै केन्दमा धर्ना दिदै आएका छन् ।
१३औँ महाधिवेशनको क्रियाशील सदस्यता छुटको नाममा निजगढ नगरपालिकामा एक सय ६६ जनाको किर्ते नामावली राखिएको उनीहरूको आरोप छ ।
बारा क्षेत्र नं। २ मा क्षेत्रीय सभापति रामप्रवेश यादवले क्रियाशील फारम नै नदिई जाली हस्ताक्षर गरेर वडाको निर्णय र सिफारिसविना नै केन्द्रीय कार्यालयमा क्रियाशीलको विवरण सूचीकृत गराएको बारा कांग्रेसका नेता एवं नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले बताए । उनका अनुसार क्षेत्रीय सभापतिले पचरौता नगरपालिकाका वडा नं। १, ६, ७, ८ र ९, महागढीमाई नगरपालिकाका वडा नं। १, २, ४, ६ र ७, सुवर्ण गाउँपालिका वडा नं। ४, करैयामाई गाउँपालिकाका वडा नं। २ र ५ गरी १३ वडामा क्रियाशील सदस्यताको फारम नै पुगेको छैन । ती वडालाई क्रियाशील सदस्यताको फारम नै नपठाई क्षेत्रीय सभापतिले आफू अनुकूलका व्यक्तिहरूको नाम भरेर पठाएका छन् ।
नेपाली कांग्रेस जीतपुर वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशिल सदस्यता थप्ने काम भएको दाबी गरे । उनले यसबारे सम्बन्धित् निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि नभएपछि आफु केन्द्रमा आएर धर्ना बसेको बताए ।
नेपाली काग्रेसका नेता रामानन्द यादबले नेपाली काग्रेस भित्र नयाँ तानाशाह राजाहरुको उदय भएको बताउनु भएको छ । आगामी महाअधिबेशनको लागि कृयासिल सदस्यता बितरणमा देउबा समुहले धाँधली गरेको आरोप लगाउदै यादब आक्रोसित हुनु भएको हो ।
बाराको एउटा क्षेत्र बाहेक अरु सबै क्षेत्रमा देउबा समुहले नातागोतालाई नयाँ कृयासिल सदस्यता बितरण गरी पार्टी भित्र अवसरबाद हाबी भएको यादबको आरोप छ ।
बाराका नेता यादबले यदि कृयासिल सदस्यता बितरणमा निस्पक्षता भएन भने आगामि महाअधिबेसन समेत हुन नदिने उनले बताए । नेपाली काग्रेस भित्र अवसर बादीहरुलाई पाखा लगाउन निष्ठावान कार्यक्रताहरुले जिबन र मरणको लडाई लडने यादबले बताए ।