खनिएको पोखरी सञ्चालनमा नआउदै फेरी कमिशनमा अर्को पोखरी निर्माण

तराइ संचार
तराइ संचार 668 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

पुष्पराज खतिवडा
बारा । डिभिजन वन कार्यालय बारा र बाघभैरव सामुदायिक वन समितिको मिलेमत्तोमा एक बर्ष अघि खनेको पोखरी सञ्चालनमा नआउदै अर्को पोखरी खनिएको छ । गत बर्ष खनिएको पोखरीमा पानी नभएर घाँस पलाएको छ । बन्यजन्तुलाई समेत उपयोगी हुने गरी गतबर्ष खनिएको पोखरीमा बर्षायाममा समेत पानी नभएपछि स्थानीयले फेरी पोखरी खनेकोमा बिरोध समेत गर्दै आएका छन ।

                   गतबर्ष खनिएको सुख्खा पोखरी जँहा भ्यागुता बस्ने समेत पानी छैन ।

गतबर्ष लाखौं खर्च गरेर निर्माण गरिएको पोखरी सञ्चालनमा आउन नसकी पानी समेत हालिएको छैन । फेरी सोही समिति र स्थानमा यसबर्ष पनि कमिशनमा योजना दिई पुन अर्को पोखरी खनिएको छ । निजगढ नगरपालिका ४ बागदेवमा बर्षेनी लाखौं खर्चेर पोखरी निर्माण गरिएपनि सोको उपयोग हुन नसक्नु दुःखद भएको स्थानीयले बताएका छन् । यसबर्ष साँढे ३२ लाखको लागतमा अर्को पोखरी निर्माण भएको हो ।

बस्तीसगै जोडिएको ठाउँमा गहिरो पोखरी निर्माण गरेर वन कार्यालयले असारे वजेट खपत गरेको स्थानिय सन्त पाख्रिनले बताएका छन् । बर्षेनी पोखरी खन्ने उयोग नगर्ने गरेर सरकारी बजेट पचाउँदै आएको भएपनि कसैलाई कार्वाही नभएको उनले सुनाए । पोखरी निर्माण गर्ने सरकारी बजेटको ३० प्रतिशत रकम वन कार्यालयलाई बुझाउने गरी बस्तीका छेउमा पोखरी बनाउन लागिएको गाउँमा हल्ला चलेको पाख्रिनले बताए । वन्यजन्तु संरक्षणका लागि पोखरी खनिएको भने पनि वस्तीसँगै जोडिएको र सो स्थानमा कुनै बन्यजन्तु नआउने बताईएको छ ।

बर्षेनी पोखरी निर्माण गर्ने तर पानीको उचित ब्यवस्थापन गर्ने तर्फ वन कार्यालय र बाघभैरव समितिले ध्यान दिने गरेका छैनन् । पोखरी निर्माणको जिम्मा लिने र बजेट पचाउने भन्दा अर्को काम नभएको अर्का स्थानिय रामकुमार थापाले बताए ।

यता बाघभैरव वन उपभोत्त समितिका अध्यक्ष सुदर्शन लामिछानेले बजेट बचाउन, वनलाई कमिसन दिन नभएर वन जोगाउन पोखरी खनिएको बताए । खाली जमिन अतिक्रमणको चपेटामा पर्दै गएपछि डिभिजन वन कार्यालयको परामर्स र आर्थीक सहयोगमा पोखरी निर्माण गरिएको उनले बताए । पोखरी निर्माणले वन अतिक्रमण हुनबाट जोएिको र वन समितिका लागि अतिरिक्त आम्दानीको श्रोत निर्माण भएको उनको भनाई थियो ।

सिमसार क्षेत्र ब्यवस्थापन, वन अतित्रमण रोकथाम र सामुदायिक वनको आय आर्जन गर्ने उद्धेश्यले डिभिजन वनको साँढे २८ लाख र बाँकी सामुदायिक वनको लागतमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए ।

फोटोमा यसबर्षको पोखरी   निजगढ नगरपालिका ४ बागदेवमा साँढे ३२ लाखमा खनिएको पोखरी ।

 

शेयर
प्रतिक्रिया
Skip to content