निजगढ नगरपालिकाका नगरप्रमुखको कालो पत्रेमा अनुगमन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

ईज्जत मात्र हैन सजिलो र सहज हुन्छ – सव ईन्जिनियर खनाल

निजगढ । नगरप्रमुख हरेक बाटो कालो पत्रे पिच हुदै गरेको अबस्थामा आफै सबै ठाउँमा अनुगमनमा पुग्छन र ठेकदार, उपभोक्ता समिति र प्राबिधिकहरुलाई निर्देशन दिन्छन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ किन भने प्राय प्राविधिकहरु जान्छन र कामको अनुगमन र निर्देशन दिने गरेका हुन्छन ।

बाराको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनाल भने हरेक बाटोघाटो कालोपत्रे पिच हुदा होस वा महत्वपुर्ण काममा आफै अनुगमनमा जाने गरेका छन । नगरप्रमुख मात्र हैन उपप्रमुख लिलादेबी लामिछाने खनाल समेत अनुगमनमा गई रहेकी हुन्छिन ।


बाराको निजगढ प्रहरी चौकी देखि निजगढ क्याम्पससम्म बाटो पिच गर्ने काम भईरहेको स्थानमा बारा निर्वाचन क्षेत्र न. १ बाट बिजय हुनु भएका सांसद पुर्ब मन्त्री उमाकान्त चौधरीको संसदीय बिकास कोषको ३० लाख र निजगढ नगरपालिकाको ३४ लाख रकममा निमार्ण भई रहेको बाटो पिच ठलान कार्यको अनुगमनमा पुगेका नगरप्रमुख खनाललाई किन हरेक निमार्ण भईरहेको पिचको आफै अनुगमनमा हिड्नु भएको हो भन्ने प्रश्नको उत्तर दिदै खनालले प्राविधिकहरुले त गरिरहेकै हुन्छन तरपनि मनले मान्दैन समय मिलाएर निस्कने गरेको छु । कामको गुणस्तरमा कमजोरी भएमा रकम पनि खेर जाने र विकासले गति लिन नसक्ने भएको हुदा कहि कतैबाट सम्झौप्ता गर्न नहुने बताउदै आफु उपस्थित हुदा मात्र कसैलेपनि गलत गर्न नपाउने भएका हुदा निरिक्षणमा जाने गरेको बताउनु भयो ।

आईतबार निजगढ वडा नं. ४ पुरानो निजगढ जाने बाटो कालो पत्रे सडक निर्माण कार्य को अनुगमन गरेका खनालले सोमबार निजगढ दिनभरी जसो अनुगमन गरेको निजगढ नगरपालिकाका स्वकीय सचिब आशिष तामाङले बताउनु भयो । सो सडको पिच समेत बारा क्षेत्र नं. १ का निर्वाचित सांसद पुर्ब स्वास्थ्य मन्त्री उमाकान्त चौधरीको संसदिय बिकास कोष मार्फत पिच भएको हो ।


उक्त निर्माण कार्यमा खटिएका नगरपालिकाका सब ईन्जिनियर नविन खनालले नगरप्रमुख र उपप्रमुखको अनुगमन हुदै आएको बताउनु भयो । उनले आज सोमबार पनि नगरप्रमुख खनाल दिनभरी जसो कालोपत्रे भईन्जेल उपस्थित भएको बताउनु भयो । उनले नगरप्रमुख उपप्रमुख लगायत जनप्रतिनिधि उपस्थित हुदा काममा धेरै सजिलो हुने बताउनु भयो । कहि विवाद भईरहेका हुन्छन भने कही ठेकदार समितिले काममा ठगी गरी कमशल गर्न खोजेका हुन्छन । उहाहरुको रोहबरले हाम्रो पनि ईज्जत मात्र हैन सजिलो र सहज हुन्छ । जनप्रतिनिधिको उपस्थितीले ठेकदार र समितिहरु सचेत र जवाफदेहिेता समेत बढछ खनालले बताए ।

निजगढ नगरपालिकाले यसबर्ष निजगढमा करिब २५ किलोमिटर कालोपत्रे गरेको र सबै वडाहरुमा गरी करिब १५ किलो मिटर ठलान कार्य गरेको सब ईन्जिनियर खनाललले बताए ।

शेयर
प्रतिक्रिया
Skip to content