जीतपुरसिमरा उपमहानगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुले स्थानिय भत्ता नपाएपछि आन्दोलन शुरु

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुले स्थानिय भत्ता नपाएपछि आन्दोलन शुरु गरेका छन् । मंगलबारबाट हातमा कालोपट्टी बाधेर चरणबद्ध आन्दोलन शुरु गरेका उनीहरुले माग सम्बोधन नभए सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन ।

स्वास्थ्य संयोजक रबि भास्कर, सह संयोजक जीतन ठाकुर, सिमरा प्राथमिक स्वास्थ्य केन्द्रका अशोक जैसवाल , शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख डा. दिपक गिरी लगायत सम्पुर्ण २९ स्वास्थ्य कर्मचारीहरुले उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवजी प्रसाद साहलाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन .


जीतपुरसिमरा क्षेत्रका सम्पुर्ण स्वास्थ्यकर्मीहरुले ज्ञापन पत्र बुझाउदै आठ गतेसम्म कालोपट्टी बाधेर काम गर्दा समेत सुनुवाही नभए श्राउन १० गते देखि माग पुरा नभएसम्म अतिआवश्यक वाहेक सम्पुर्ण सेवा बन्द गर्ने ज्ञापन पत्रमा जनाएका छन् । पालिका भित्रका स्वास्थ्यकर्मिहरुले स्थानिय तहबाट प्रत्येक वर्ष पाउदै आएको स्थानीय भक्ता नपाउने भएपछि आन्दोलनमा उत्रिएका हुन । सोमबार साझ स्वास्थ्यकर्मिहरुको बसेको बैठकले जीतपुरसिमरा उपमहानगरपलिका भित्रका अन्य कर्मचारीहरुको स्थानिय भक्ता पाउने तर जोखिममा काम गर्ने स्वास्थ्यकर्मचारीले भने नपाउने भएपछि आन्दोलनमा उत्रिएका हुन डा. दिपक गिरीले बताउनु भयो ।

स्वास्थ्यकर्मिहरु तत्कालै आफुहरुको माग पुरा नभए साउन ५ गते ८ गतेसम्म हातमा कालोपटी बाधेर काम गर्ने र १० गतेदेखि अनिश्चितकाल सम्मको लागि अतिआवश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content