निजगढ । निजगढको खानेपानी समस्या समाधान गर्नु आफ्नो उद्धेश्य रहेको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभएकोछ ।
वडा नम्बर १० स्थित लालमा खानेपानीको ओभरहेड ट्यांकी शिलान्याश गर्नुहुँदै मेयर खनालले नगर भित्रको खानेपानी समस्या समाधान गर्ने उद्धेश्य अनुरुप तीव्र रुपमा खानेपानी आयोजनाहरु संचालन भईरहेको बताउनुभयो ।
निजगढका नागरीकहरुको खानेपानीमा पंहुच पुर्याउन आफु जनप्रतिनिधि हुनुभन्दा अघि देखी नै गरेको पहल र प्रयासहरु अहीले आएर सफल भएको मेयर खनालले बताउनुभयो । वडा नम्बर १ भरतगंज सिंगौलमा २ लाख २५ हजार घनमीटर क्षमताको २ वटा खानेपानी ओभरहेड ट्यांकी निर्माण कार्य जारी रहेको र वडा नम्बर २ मा पनि परिक्षण भईरहेको बताउनुहुदै केहि वर्ष भित्रै ग्रामिण भेगका नागरीकहरुले खानेपानीको समस्या भोग्न नपर्ने बताउनुभयो । वडा नम्बर १२ र १३ मा पनि ओभरहेड ट्यांकी निर्माण गरी खानेपानी वितरण गर्न थप योजना र पहल गर्ने मेयर खालले बताउनुभयो ।
शिलान्याश कार्यक्रममा नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालले नगर भित्रका नागरिकहरुका लागि खानेपानीको अभाव हुन नदिन नगरपालिका र थप अन्य सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो ।
चालु आर्थिक वर्षदेखि १० हजार लिटर सम्म खानेपानी उपभोग गर्ने उपभोक्ताहरुले निशुल्क खानेपानी उपभोग गर्न पाउने व्यवस्था नगरपालिकाले गरेको खनालले बताउनुभयो । २ लाख २५ हजार घनमिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण पश्चात वडा नम्बर १० लालका करीब ७० प्रतीशत भन्दा बढी नागरीकहरुको खानेपानीमा सहज पंहुच पुग्ने वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर मोक्तानले बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका डिभिजनल ईन्जिनियर जकी अहमद अन्सारीले निजगढको खानेपानी समस्या समाधानमा नगरपालिकासँग समन्वय गरेर थप खानेपानी आयोजनाहरु संचालन गर्न सकिने बताउनुभयो । तेसैगरी लाल खानेपानी उपभोक्ता समुहकि अध्यक्ष चन्दा लामाले लाल क्षेत्रमा खानेपानी समस्या समाधान गर्न आगामी दिनमा समुह मार्फत थप योजना संचालन गर्ने बताउनुभयो ।