कलैया । नेपाली काँग्रेस पार्टी बाराको विवादले उग्ररुप लिदै भिडन्तको स्थितिमा पुगेको छ । पार्टीको केन्द्रीय कार्यालयमा बाराका एक पक्ष १२ दिनदेखि धर्नामा बसीरहेको अवस्थामा अर्को पक्ष समेत धर्नामा शक्ती प्रदर्शन गर्ने होड चलेपछि बिवादले उग्ररुप लिदै गएको हो । दुवै पक्षले विधि बिधान अनुसार नयाँ क्रियाशिल सदस्यता कायम गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना शुरु गरेपछि भिडन्तको स्थितिमा पुगेको एक नेताले बताए ।
ललितपुर सानेपामा रहेको काँग्रेसको केन्द्रीय कार्यालयमा बारा नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम पुर्व सांसद लालबाबु सिंह, राम अयोद्या प्रसाद यादव र पूर्वजिविस सभापति राजेन्द्र यादव , नगर प्रमुख सुरेश खनाल, उपेन्द्र प्रसाद यादब लगायतले एक पक्षीयरुपमा सदस्यता बाडेको, विधि प्रकृया मिचेर निर्णयनै नगराई सदस्यता वितरण गरेको भन्दै आन्दोलन गरेपछि केन्द्रिय छानबिन समितिले विवाद भएका नयाँ सदस्यता रोकेर पुरानो सदस्यताबाट महाधिबेशन गर्ने तयारी गरेपछि सभापति जयचन्द्र चौरसियाको नेतृत्वमा बिहीबार देखि धर्ना शुरु गरिएको हो । धर्नाका लागि दुवैपक्षका नेता कार्यकर्तालाई धर्नाका लागि राजधानी बोलाईएको र बारा निर्वाचान क्षेत्र नं. १ बाट मात्र २ बस बुथ सपापति तथा नेता कार्यकर्ता काठमाण्डौ जाने तयारी गरेको बताईएको छ ।
दुवै पक्ष पार्टी कार्यालयमा धर्ना बढाउदै कार्यकर्ता राजधानी बोलाउने र बसनै बाधेर राजधानी काठमाण्डौ धर्नामा हिडेपछि भिडन्तको अबस्थामा पुगेको हो । केन्द्रका पठाइएको नयाँ क्रियाशिल सदस्यता १४ औ महाअधिवेशमा समावेश गरि बिधान विपरित केही ब्यतिmहरुले केन्द्रमा गराएको सदस्यता ईन्ट्री खारेजको माग गर्दै अनसन शुरु गरिएको नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का सभापति एवम सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादवले बताए । धर्नामा जिल्ला सभापति जयचन्द्र चौरसिया, जिल्ला कोषाअध्यक्ष चन्द्रशेखर यादव, जिल्ला संगठन प्रमुख शम्भु बुढाथोकी नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति बिजय शंकर यादव, २ का सभापति रामप्रवेश यादव, ४ का सभापति सुनिल गुप्ता लगायतका नेता कार्यकर्ता रहेका छन ।
ञविवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले बाराको धेरै विवाद भएपछि समितिले विवाद नै नहेरी समस्या ज्युँ का त्युँ राखेर फाइल केन्द्रीय समितिमै फिर्ता गरिदिएको छ। फाइल अध्ययन गरी क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने माग एकाथरिको छ भने अर्को पक्ष भने ती फाइल खोले पनि मापदण्ड वेगर दिइएका क्रियाशील सदर गर्न नहुनेमा छन्।
बारा, सप्तरी र सर्लाहीको सदस्यता विवादका कारण असार १२ गते हुने भनिएको गाँउ र नगरको वडा अबिधेशन असार २० गते गर्ने गरी सरेको छ भने गाँउ र नगरको अबिधेशन असार २२ गते गर्ने गरी सरेको छ । प्रदेश र क्षेत्रको असार २५ गते गर्ने गरी सरेको नेपाली काग्रेस केन्द्रिय कार्यालयद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।