कोरोना भाईरसको महामारी नियन्त्रण गर्न प्रभावकारी मानिएको कोरोना बिरुद्धको खोप आज शुक्रबार र शनिबार देशभर लगाउने कार्यक्रम अनुसार बारामा पनि लगाईने भएको छ ।
५० देखि ५४ बर्ष उमेर समुहका कोभिड़ बिरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरु ,पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका नागरिक ,हाल नेपालमा बसोबास गरि रहेका शरणार्थीहरु साथै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरु (यस अघिको अभियानहरु मा खोप लगाउन छुट भएका ) लाई खोप लगाईने स्वास्थ्य कार्यालय कलैयाका प्रमुख राम नरेश यादबले बताउनु भयो । जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड–१९ भ्याक्सिन) नेपालमा पहिलो पटक प्रयोग हुन लागेको खोप हो। जोन्सन एण्ड जोन्सनको उत्पादन ुजानसेन कोभिड(१९ भ्याक्सिनु अमेरिकाको एफडिएले २७ फेब्रुअरी, २०२१ मा आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो।हाल युरोपियन युनियनलगायत कोभ्याक्स सुविधाअन्तर्गत विश्वका विभिन्न देशमा यो भ्याक्सिन वितरण गरिँदैछ। अरू भ्याक्सिनभन्दा के फरक छरु
भ्याक्सिन भण्डारणमा फाइजर तथा मोडर्नालाई जस्तो अल्ट्राचिस्यनको ९माइनस ७० डिग्री सेन्ट्रिग्रेड० आवश्यकता पर्दैन। माइनस बीस डिग्री सेन्ट्रिग्रेडमा ९(२० डिग्री सेन्ट्रिग्रेड० दुई वर्ष र सामान्य रेफ्रीजेरेसनमा ९२ देखि ८ डिग्री सेन्ट्रिग्रेडमा० तीन महिनासम्म प्रयोग गर्न सकिन्छ।
अर्को मुख्य फरक वा आकर्षण भनेको एक डोजको मात्रा लिए पुग्नु हो। हाल अधिकांश देशहरूले खोप बिना प्रवेश नदिने वा सो देशमा प्रवेश दिए पनि क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता छ। छोटो समयमा विदेश जानु पर्नेहरूको प्राथमिकतामा यो खोप परेको देखिन्छ।